आज :

‘निर्मलाका हत्याराहरु संरक्षण हुने देशमा, महिला हिंसा नबढोस् पनि किन’

काठमाडौं । निर्मला हत्यापछि पनि धेरै घटनाहरु घट्नुमा सरकारी उदाशिनता जिम्मेवार रहेको वक्ताहरुले ठहर गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को आयोजनामा ‘बढ्दो महिला हिंसा र यसको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले शक्ति र कानूनको दुरुपयोग नर्गन चेतावनीसमेत दिएका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपि गजुरेलले समाज एकलौटी भएर नलड्दासम्म कानूनले मात्रै महिला हिंसा रोक्न नसक्ने बताए । गजुरेलले वर्तमान सरकारले निर्मला पन्तका हत्याराहरुकै संरक्षण गरेकोले अपराधीहरु बचिरहेको आरोप लगाए । उनले भने, “यदि सरकारले संरक्षण गरेको छैन भने अहिलेसम्म किन कारबाही हन्न ?” देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो) नेपालका अध्यक्षसमेत रहेका गजुरेलले देशको आमुल परिवर्तनका खातिर लडेको तत्कालिन क्रान्तिकारी नेतृत्वको आत्मसमर्पण तथा आन्दोलनप्रतिको गद्धारीको परिणम आजको महिला हिंसा पनि रहेको उनको ठहर छ, उनले अगाडी भने,“प्रचण्डले जहाँ पनि आत्मसर्मपरण्को संस्कार बसाए, क्रान्तिमा अत्मसमर्पण, पछिल्लोपटक ओलिसँग आत्मसमर्पण, अहिले अमेरिकासंग आत्मसमर्पण यिनको हरुवा चालले प्रतिक्रान्तिले घर गरेको छ । जसले गर्दा जनयुद्धमा उत्साहित महिलाहरुलाई फेरी चुलो–चौको र महल भित्रै कैद हुने अवस्था आएको छ ।”


गजुरेलले अहिले जे जस्तो भए पनि देशमा एकदिन क्रान्तिकारी झण्डा पुनः एकपटक जोडदारसँग उठ्ने र त्यसको नेतृत्व होचानीमुुखा, उत्पीडित महिलाहरुले गर्ने र मुक्तिकामी आन्दोलनले सबैको न्याय गर्ने धारणा राखे । समाजवादी पार्टी नेपालकी उपाध्यक्ष हिसिला यमीले महिलाको जन्मदेखि नै पीडा र वेदनाबाट सुरु हुने भएकोले महिलाप्रति समाजले न्यायको लागि नयाँ किसिमको धारणाको विकास गर्न जरुरी भएको बताइन् । सहभागिता तथा समावेशी सहितको समृद्धि र विकासको विकल्प नभएको र त्यसमा आफनत्वको कमिले समाजमा हिंसाले ठाउँ पाउने गरेको उनको ठहर छ ।

जुन हिंसा वर्तमान समयमा अकल्पनियरुपमा बढेको बताउँदै भनिन्,“आज मेयरबाट उपमेयरहरु पीडित भएका छन, यसलाई राजनीतिक हिंसा भन्न सकिन्छ । उत्पिडित समुदायबाट पनि महिला नै उत्पिडित हुनुले समाज कहाँ जाँदै छ भन्ने कुरा प्रष्ट भएको ।” यमीले जसको समाधान हातहातमा शिक्षा र रोजगार भएको बताइन् । आयोजक अखिल नेपाल महिलासंघ(क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडबरीले सो कार्यक्रममा कार्यपत्र पेस गरिन्, उनले वर्तमान नयाँ कानूनले पनि विगतमा जस्तै महिलालाई प्रशस्त अधिकार दिए पनि त्यो कार्यान्वयनको कमिको कारण महिला हिंसा या समस्या घट्नुको साटो बढेर गएको बताइन् ।

 

उनले निर्मला पन्तका हत्याराहरु ठूला मान्छेकै संरक्षणमा हुनाले बचिरहेको आरोप लगाउँदै भनिन्,“ यसरी अपराधीहरु संरक्षित हुने देशमा उनिहरुको मनोबल नबढोस् पनि किन । ” खुलेआम हिड्ने राज्यले केहि गर्न नसक्ने विगतमा महिला क्षमता र अन्यहिसाबले राज्य संचालन या राज्यका अंगहरुमा सहभागिताको लागि अरक्षित कोटाको विषय उठ्ने हुनाले महिलाको क्षमता मै प्श्न उठ्नु गलत भएको उनके ठहर छ । जसको लागि महिलाले जनयुद्धमा पनि प्रमाणित गरिसकेको र अब पनि आफूलाई प्रतिश्पर्धि बनाउन ध्यान दिनु पर्ने बताईन । युद्धकालमा माओवादीको जाँड रक्सि,जुवा,तास जस्ता विकृतिप्रतिको आक्रमणले स्थानिय महिला मुक्ति र सुधारको स्वाँस र्फे माओवादीलाई ‘भगवान’को संज्ञा दिने गरेको व्यक्तिगत अनुभव सुनउँदै मुडबरीले भनिन्,“हाम्रा क्रान्ति नायकहरु तिनै जाँड–रक्सिका घैटा अनि जुवा तासका खालमा पसेर महिला हिंसा गर्ने अपराधी संरक्षण गरेको देख्दा काहाली लाग्छ ।” उनले पुरुषको शासकिय मानसिकता विरुद्ध लड्ने क्षमता विकास गर्ने तथा आत्मरक्षका लागि स्कुलबाटै बालबालिकालाई प्रतिरोध तालिमको व्यवस्था गर्नु पर्ने धारणा समेत राखिन् ।

 

प्रा.डा.जगदिशचन्द्र भण्डारीले सामाजिक धार्मीक आर्थिक क्षेत्रमा अत्याधिक पीडित भएकोले क्रान्तिकारी अन्दोलन मार्फत सगोलमा महिला मुक्तिको उपाय खोज्नु पर्ने धारणा राखे । उनले मिहिला हिंसा निकै खतरनाक विषय भएको बताउँदै भने,“माइग्रेन(उपचार नहुने टाउको दुखाई)लाई डाक्टरले सन्चो नहुने भएकाले त्यसलाई साथीबनाएर हिड्नु पर्छ भनेर सल्लाह दिन्छन्, महिलाले पनि हिंसालाई साथि बनाउनु पर्छ भनेजस्तो अवस्थामा यो निकै चुनौतिको विषय बनेको छ ।” महिलालाई भोग गर्ने साधन र उपयोगिताको बस्तुकोरुपमा पूजिवादी व्यवस्थामा झने विकराल समस्या भएको उनको ठहर छ ।

नेपाल प्रगतिशील कानून व्यवसायी एसोसियसनका कार्यबाहक अध्यक्ष अधिवक्ता देबकुमार मोक्तानले नेपालमा अनगिन्ति महिला हिंसाका घटना हुने र प्रहरीमा जति तथ्याङ्क आउँछ त्यो अदालतमा आइनपुग्ने बताए । नेपालमा कानूनको कमि ठूला तथा पहुचवाला अपराधी उम्किने र अपराध नियन्त्रणको नियम तल्लो वर्गलाई मात्र हुने गरेको बताए । नेपालको न्यायपालीका महँगो, पहुच टढा, भएकोले १२ प्रतिशत धनीहरुको पक्षमा मात्र रहने र ८८ प्रतिशत जनता न्यायबाट टढा हुन विवशता कटु यथार्थ भएको बताए ।


नेकपा (माओवादी केन्द्र) निकट महिलासंघ क्रान्तिकारीकी अध्यक्ष धनकुमारी मगरले पीडितरुले उजुरी गरे पनि अन्तहिन संघर्ष गर्ने वातावरण नभएकोले पनि अपराधीको मनोबल बढ्दै गएको बताइन् । पहुचवालाहरुले गर्दा पुलिसले जाहेरी पनि लिन नमान्ने गरेको पनि बताइन् । महिला अधिकारकर्मी र महिला नेतृहरु किनाराका साक्षि हुनुपर्ने अवस्था पनि दुखदयी भएको बताइन् ।

आयोजक संगठनकी पूर्व अध्यक्ष लक्ष्मि मुडभरीले नेपाली महिलाहरुले मुक्ति र स्वतन्त्रताका लागि लडेर सुन्दर नेपली समुदायको परिकल्पना असफल भएको र एक किसिमको निराशा छाउनु स्वभाविक भए पनि चुप बस्नु उचित नहुने बताईन । दोलखाकी २० वर्षिया जेनी खड्का काभ्रेका आफ्नै श्रीमन श्रीमान विष्णु भुजेलको एसिड छर्काइको ज्यादतीमा परेको र उनकी आमा कमला खड्काले आफ्नी छोरीलाई न्याय र औषधी उपचारको जिम्मा राज्यले लिन आग्रह गरिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal