Dabali News

विराट कोहलीको टीम बाहिरिदै, कोलकाता आइपिएलको प्ले अफ् चरणमा

६ जेष्ठ

काठमाडौं । विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोर लिग चरणबाट बाहिरिएको छ ।

शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट राईडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले अफ्मा छनौट भएको छ ।

हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको छ । हैदरावाद र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन् ।

प्ले अफ पुग्न अब एउटा टोलीको टुंगो लाग्न बाँकी छ । राजस्थान रोयल्स, मुम्बई इण्डीयन्स र किङ्स ईलेभेन पञ्जावमध्ये एउटा टोली प्ले अफ्मा पुग्ने छ ।

गएराती भएको खेलमा राजस्थान रोयल्ससँग ३० रनले पराजित भएपछि बैंग्लोरको यात्रा टुंगिएको हो ।

आज दुई खेल हुने छ लिग चरणको अन्तिम खेलमा मुम्बई इण्डीयन्स र दिल्ली डेयरडेभिल्स तथा किङ्स ईलेभेन पञ्जाव र चेन्नाई सुपर किङ्समा भिड्ने छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]