Dabali News

थवाङका पीडाहरू

त्यो युगबाट
यो युगसम्म आइपुग्दा
थवाङका छटपटी
छोड्न चाँहदा चाँहदै पनि
त्याग्न सकिरहेको छैन , थवाङ
यसको खिचाव ज्यादै कडा छ
गहिरिएर हेर्ने हो भने
तिनका पीडाहरू
यसरी बल्झिने छन्
विचारका मलमले निको पार्न सक्दैनन्
पीडाका गेगरहरूले
च्वास्स च्वास्स घोच्छ
पित्तथैलीहरूमा
अब उनीहरूले के मागुन
ठूलाकुराहरू वर्षिरहेछन्
असिना जस्तै
सानुका कुराहरू कसले सुन्ने
क्रान्ति नायक पल्टेको छ
यतिखेर ,ऊ निकै घाइतेछ
थवाङका पीडाहरू
भिखारी झरेझैँ झरिरहेछन्
घर्तिनीहरूले
काटेका आला गोरुका मासुहरू , भन्छन्
कान्छा,कान्छी
हामीहरू सडेर गएकै हौँ ?
विचारका विऊहरू
स्याऊ कुहिएर झरेझैँ फ्यात्त फ्यात्त
जमिनमा झरिरहेछन्
माक्र्स जस्तै ज्ञानी
नेपालमा रहेनछन्
नेपाली माक्र्सहरू
बाटो बिराएर ,उक्लिएका टाकुराहरू
सार्थक जीवन खोजिरहेछन्
थवाङका सपनाहरू
कहिले सम्म बग्ने हुन्
मार्गहरू ?
किन भत्कीरहन्छन्
यात्राहरू अबरोध गरेर !

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]