Dabali News

सम्राटको सुसाइट सन्देश: प्रेम बिहे कसैले नगर्नु होला …. ! प्रेम बिहे गरेको दुई हप्तामै आत्महत्या

५ जेठ

काठमाडौँ । एक युवकले प्रेम विवाह गरेकै कारण आत्म गरेका छन् । खर्घाखाचीका सम्राट भनिने नारायण भुसालले कसैलाई प्रेम विवाह नगर्न सुझाव दिँदै आत्महत्या गरेका छन् । भुसालको आफूले विहे गरेकै कारण घरमा कसैले फोन उठाउन छोडेको लेखेका छन् ।

भुसालको फेसबुकमा लेखिएको सुसाइट नोट अहिले समाजिक संजालमा भाइरल भएको छ । अर्घाखाँचीडट्कमका अनुसार डिभर्नाका पूर्ववार्ड अध्यक्ष तेजप्रसाद भुसालका २३ वर्षीय छोरा सम्राटले बिहीबार साँझ आत्महत्या गरेका हुन् ।

सन्धिखर्क वार्ड नम्बर २ को त्रिवणी होटेलको दुई तल्ला माथि कोठामा आत्महत्या गरेको अवस्थामा प्रहरीले शुक्रबार विहान फेला परेको थियो ।

सम्राटले वाङ्ला आमडाँडाकी सुष्मा क्षेत्रीलाई २ हप्ता अगाडि मात्र प्रेम विवाह गरेका थिए । भुसालले फेसबुकमा स्टाटस लेखेपछि आफ्नो केटी साथी शुष्मासँग २०, २५ मिनेट होटेलमा बसेका थिए । सो समयमा उनिहरुले फेसबुकमा लेखेको स्टाटस समेत हटाएका थिए । उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेका थिए । होटेलमा उनले एक जना बस्ने भनेर आफ्नो नाम लेखाएका थिए । त्रिवणी होटेलका अनुसार शुक्रबार बिहान अबेरासम्म बाहिर खाजा खान नआएपछि हेर्न जाँदा झुन्डिएको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रदिप जिसीका अनुसार भुसालले मदिरा समेत सेवन गरेका थिए । उनले फेसबुकमा स्टाटस लेखेको २,३ घण्टापछि आत्महत्या गरेको अनुमान गरिएको छ । उनले आफ्नो लाशमा पत्नीलाई दागबत्ती दिन भनेका छन् । त्यसैगरी भाइलाई खुशी हुन् समेत भनेका छन् । उनको फेसबुकमा लेखेको हेर्दा उनको बिहेलाई घर परिवारले स्वीकार नगरेको देखिएको छ ।

 फेसबुक सुसाइट नोट

– मलाई नराम्रो कसैले नसोच्नु किनकी मलाई जिन्दगी जिउन धेरे गारो भयो । मेरो फोन घरमा कसैले रिसिभ गर्दैनन् । मैले विहे गरेको थाहा भएर होला सायद । म लाष्टमा के भन्छु भने मलाई नराम्रो सोच्ने मान्छेलाई राम्रो हुँदैन । भाइ तैले मलाई भन्थिस नि म तलाई मार्छु भनेर तर आज म आफै मर्दैछु । अब त तँ खुशी हुन्छस् नी । सुष्मा तिमिले मेरो लासमा दागबत्ती दिनु है मलाई अरु कसैले पोलेको म सहन सक्दिन । अन्तिममा मलाई चिन्ने र नचिन्ने सम्पूर्ण आफन्तजन तथा दाजुभाई दिदीवहिनीहरुलाई म के भन्न चाहन्छु भने माया प्रेम गरेर विहे कसैले नगुर्न किनकी बाच्न गारो हुँदो रैछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]