Dabali News

‘प्रचण्ड युग’को विलय ! यस्ता थिए जनयुद्ध सुरु गर्दा गरेका ७ बुँदे प्रतिवद्धता

५ जेठ

काठमाडौँ । नयाँजनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं भन्ने मूल नारासहित जनयुद्ध सुरु भएपछि नेपाली राजनीतिमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा क्रान्तिकारीहरु गोलबद्ध भए । नयाँ जनवादी सत्ता स्थापना उनीहरुको उद्देश्य थियो ।

२०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्धमा समाजका हरेक क्षेत्र उत्पीडित समुदायले भविश्य देखे । त्यो जनयुद्ध सुरु गर्दा प्रचण्डसहितका नेताहरुले गरेको प्रतिवद्धतामा विश्वास थियो ।

‘राज्य सत्ताका बाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतासहित सुरु भएको जनयुद्धले छोटै समयमा समाजका जगडिएको समाज, मुठिभर वर्गको सत्तामा उथलपुथल ल्याइदियो ।

योसँगै तत्कालिन महामन्त्री पुष्पकमलबाट प्रचण्ड बने । नेपालमात्रै नभएर विश्वको चर्चामा आए । उनी परिवर्तनकारी धाराको केन्द्र बने । समाजका हरेक क्षेत्रमा जनयुद्धले ल्याएको जागरणलाई हेर्दा २०५२ देखि ६३ सम्मलाई नेपाली राजनीतिको एउटा युग भन्न सकिन्छ । त्यसको नेतृत्व प्रचण्डले गरे ।

जनयुद्धलाई जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाब दिई सामान्य सम्झैतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन भन्दै प्रचण्डले गरेको प्रतिवद्धताप्रति विश्वास गरेर धेरै नेपलाीका आमाका छोराछोरीहरुले रगत बगाए । तर, जनयुद्ध आफ्नो लक्ष्यमा पुग्न नदिएरै चर्के पिड बनाइयो ।

शान्तिप्रक्रियासँगै जनयुद्धका मूल्यमान्यता र जनताका सपनाको हत्या नेतृत्वबाटै हुन सुरु भयो । जेठ ३ गते यो प्रक्रियाको औपचारिक रुपमा अन्त्य भयो ।

२०५२ सालकै असारमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को केन्द्रीय समितिको बैठकले जनयुद्धको पहिलो दस्तावेज पारित गरेको थियो । उक्त दस्तावेज तत्कालिन महामन्त्री प्रचण्डले लेखेका थिए । उक्त दस्तावेजको अन्त्यमा नेकपा एमालेलाई दक्षिणपन्थी संशोधनवादी शक्ति भनिएको छ । आज त्यही दक्षिणपन्थी संशोधनवादी शक्तिमा प्रचण्ड आफै विलन भए ।

यस्तो थियो, जनयुद्ध सुरु गर्दा प्रचण्डले गरेको प्रतिवद्धता

जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिबद्धताहरू

१. हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारावर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।

२. जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ताबाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु नै सशस्त्र सङ्घर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।

३. हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँजनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सा“स्कृतिक क्रान्तिहरू चलाउ“दै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाब दिई सामान्य सम्झैतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्नपुँजीवादी, संकीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्ण रूपले मुक्त रहने छ ।

४. हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँअन्तराष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको क्रान्तिकारी अन्तर्रा्ष्ट्रियवादी आन्दोलन (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।

५. हाम्रो योजना नयाँजनवादी क्रान्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार भित्री–पार्टी–सङ्घर्षलाई द्वन्द्वात्मक ढङ्गले ग्रहण र त्यसलाई सञ्चालन गर्नु, पार्टीलाई त्यसरी सजीव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पूरा हृदयले जनताको सेवा गर्ने, जनतास“ग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।

६. हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्ने छ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र सङ्घर्ष सञ्चालन गरिने छ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र सङ्घर्ष श्रमजीवी जनससमुदाय मुख्यतः गरीव किसाहरूमाथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् विदेशी प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्ने छैन ।

७. युद्धमा आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्ने छ । लेनिनको “क्रान्ति आफैले आफ्नो विकासक्रममा सधैँ नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरूरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्ने छ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढङ्गले पक्रेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]