Dabali News

पार्टी एकता भइरहँदा माओवादी कार्यकर्ताले ओलीलाई कालोमोसो दले (भिडियोसहित)

४ जेठ

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच औपचारिक रुपमा पार्टी एकता भएको छ । नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ‘अन्डरलाइन’ राखिएको छ । निर्वाचन आयोगमा दल दर्ताको लागि दिएको निवेदनमा नाममा अन्डरलाइन गरिएको छ ।

आयोगमा दर्तापछि राष्ट्रिय सभागृहमा एकता घोषणा गरिएको थियो । घोषणासभामा नयाँ पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले मात्रै बोले । दुबै अध्यक्षले पार्टी एकताले नेपालको राजनीतिक कोर्ष बदलिएको दाबी गरे । उनीहरुले अब एमाले र माओवादी केन्द्रको कुनै अवशेष नरहेको बताए ।

ओली र दाहालले आफूहरुले उत्साहपूर्ण भाषण गरिरहँदा देशभर भने त्यस्तो महोल थिएन । विशेषगरी माओवादी नेता कार्यकर्ताहरुले बाध्यात्मक अवस्थामा एकतालाई स्वीकार गरेका छन् । त्यसको उदाहरण युवा नेता लेखनाथ न्यौपाने र रामप्रसाद सापकोटाले रात्रि भोजलाई बहिस्कार गरे । न्यौपानेले त अब नयाँ पार्टी माक्र्सवादी र लेनिनवादी नरहेको तर नेपाली जनतामाझ केही वर्ष माक्र्स र लेनिनको नाम बिक्री हुने भएकोले केही समय नाम राख्नु ठिक भएको समाजिक संजालमा बताएका छन् ।

त्यसैगरी नयाँ पार्टीका केन्द्रीय समिति सदस्य समेत रहेका न्यौपानेले रुपमा एकता देखिएपनि सारमा माओवादी केन्द्रको एमालेकरण भएको ठोकुवा नै गरेका छन् । उनले माकेभित्रका केही नेताका दादागिरी तोडिएको भन्दै खुशी भने व्यक्त गरे ।

वाइसिएल अध्यक्ष समेत रहेका दीपशिखाले व्याग्य गर्दै भोजको फोटा होलेर ‘तस्वीर आफै बोल्छ’ लेखे । त्यस्तै अन्य केही माओवादी युवा नेताहरु पनि बालुवाटारको भोजमा गएनन् ।

तर, अर्को कुरा, पार्टीको एकता घोषणा सभा भइरहँदा केही माओवादी युवाहरुले केपी शर्मा ओलीको अनुहारमा कालोमोसो दल्दै थिए । टेलिभिनजमा लाइभमा ओलीले बोलिरहँदा अुनहारलाई कालोमोसाले क्रस गरेर विरोध जनाएका थिए ।

ओलीले समृद्धि, राष्ट्रियताका र जनताको अधिकारको कुरामा बोलिरहँदा ती युवाहरुले त्यसको विरोध गर्दै पेट्रोलको मूल्य १ सय १० पुर्याउने, भारतीय सेनालाई नेपाल परेड खेलाउने र जनकपुरमा मोदीको अगाडि झुक्नेलाई आफूहरु नेता मान्न नसक्ने बताउँदै थिए ।

यसले के देखाउँछ भने ओली र प्रचण्डले एक अर्कामा विलय भयौं भनेपनि माओवादी र एमालेबीच विगतको तिक्तता रइरहने छ ।

हेर्नुहोस भिडियो 

ओलीलाई कालोमोसो

ओलीलाई कालोमोसो

Posted by Online Dabali on Friday, May 18, 2018

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]