आज :

प्रधानमन्त्री ओली युरोप भ्रमण जाने तयारीमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले आईतवार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको जेठ २५ देखि असार १ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको ९ दिने भ्रमण तय भएको जानकारी दिएको हो ।

उनले जेठ २६ गते स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्नु हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

त्यसपछि प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत जाने र त्यहाँ अक्सफोर्ड युनियनले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्ने बताइएको छ । बेलायत भ्रमणमा रहँदा उनले त्यहाँका समकक्षी थेरेसा मेसँग औपचारिक भेटवार्ता गर्ने छन् ।

बेलायत भ्रमणपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्च स्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुने र त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा छलफल गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । प्रधानमन्त्री ओली असार १ गते स्वदेश फकने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal