Dabali News

ओली-प्रचण्डले नेकपा नाम पाएनन्, यस्तो छ नयाँ पार्टीको नाम

३ जेठ

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नहुने भएको छ । निर्वाचन आयोगमा सोही नामको अर्को पार्टी भएकै कारण नाममा ‘अण्डरलाइन’ गरेर दर्ता भएको छ ।

नेता सुवासचन्द्र नेम्वाङका अनुसार दल दर्ताको प्रस्तावनामै नाममा अण्डरलाइन गरिएको छ । त्यही नाम आयोगमा दर्ता गरिएको कारण कुनै कानुनी समस्या नआउने नेम्वाङको दाबी छ ।

आयोगमा दल दर्ता गर्न ओली र प्रचण्ड आफै पुगेका थिए । आयोगमा छोटो प्रतिक्रिया दिँदै ओलीले नेपाल कम्युनिस्ट पार्टीको नाममा कसैले आयोगमा दर्ता गराएको भएपनि चुनावपछि खारेज भएको दाबी गरे ।

त्यसैगरी प्रचण्डले दुबै पार्टीको एकताले नेपालीमा सुशासन स्थिरता र विकास छिटो हुने बताए ।

अाज दर्ताको लागि निवेदन दिएपनि यसको टुंगो भने लागेको छैन । यसअघि अायोगमा ऋषि कटेलको नेतृत्वमा अायोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता भएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]