Dabali News

संयुक्त पार्टी नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्यीय सचिवालय बन्ने

३ जेष्ठ

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बन्ने संयुक्त पार्टी नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्यीय सचिवालय बन्ने भएको छ ।

आज (बिहीबार) बसेको पार्टी एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो ट्वीटमार्फत सार्वजनिक गरे अनुसार सचिवालयमा केपी ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् ।

श्रेष्ठलाई प्रबक्ता र पौडेललाई महासचिवको जिम्मेवारी दिइएको पनि त्यसमा उल्लेख छ । उनले ४५ जनाको स्थायी समिति बन्ने पनि उल्लेख गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]