Dabali News

अवैध रुपमा ल्याएको बोइलर कुखुरा नष्ट

३ जेष्ठ

काठमाडौं । भारतबाट अवैध रुपमा नेपाल ल्याईंदै गरेको १ लाख ५० हजार रुपैयाँ बराबरको खुकुरा रुपन्देहीमा बरामद गरिएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका-२ पटखौलीबाट बोइलर कुखुरा बरामद भएका हुन् । सशस्त्र राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले ५ क्विन्टल कुखुरा बरामद गरेको हो ।

३ वटा मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको अवस्थामा बोइलर कुखुरा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद गरेको कुखुरा क्वारेन्टाईनका चिकित्सक, स्थानीय र प्रहरीको रोहबरमा नष्ट गरिएको छ ।

अवैध रुपमा कुखुरा आयात गर्ने व्यक्तिलाई पशु क्वारेन्टाइन कार्यालय र मोटरसाइकललाई भैरहवा भन्सार कार्यालयमा रालिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]