Dabali News

यी हुन् माओवादी केन्द्रबाट एकीकृत पार्टीको स्थायी समितिमा पर्ने भाग्यमानी अनुहार

३ जेठ

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच आज औपचारिक रुपमा पार्टी एकता हुने भएको छ । बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डबीच भएको वान टु वान वार्तामा आज पार्टी एकता गर्ने सहमति भएको हो । केही दिनदेखि अवरुद्ध भएको एकता प्रक्रिया बुधबार फेरि सुरु भएको थियो ।

ओली र प्रचण्डबीच भएको सहमतिअनुसार बुधबार साँझ बसेको एमाले स्थायी समिति बैठकले एकतालाई अनुमोदन गरेको छ भने आज बस्ने केन्द्रीय समिति बैठले पनि अनुमोदन गर्ने तयारी भइरहेको छ । त्यसैगरी माओवादी केन्द्रले पनि आजै आकस्मिक रुपमा केन्द्रीय समिति बोलाएको छ । उसले पनि एकतालाई अनुमोदन गर्ने बताइएको छ ।

ओली र प्रचण्डबीच भएको सहमतिअनुसार एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय बनाउने । जसमा एमालेबाट २४१ र माओवादी केन्द्रबाट २ सय जना केन्द्रीय सदस्य बन्नेछन् । त्यसैगरी ४५ सदस्यीय स्थायी समिति बन्नेछ, जसमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना पर्नेछन् ।

नयाँ पार्टीको नाम विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखिने सहमति पनि भएको छ । चुनाव चिन्ह एमालेकै सूर्य हुने सहमति भएको छ ।

केन्द्रीय समितिमा एमालेका अहिले भएका सबै अटाउने भएपनि माओवादी केन्द्रका धेरै अयोग्य हुने भएका छन् । त्यसैगरी स्थायी समितिमा पनि एमालेका पुराना सबै समेटिने छन् भने माओवादीले चिट्टा हाल्नु पर्ने भएको छ ।

अहिले केन्द्रीय समिति र स्थायी समिति छान्न माओवादी केन्द्रलाई धौधौ हुने भएको छ । माओवादी केन्द्रबाट स्थायी समिति बन्ने धेरैको आपेक्षा भएपनि त्यो पूरा हुने छैन ।

माओवादी केन्द्रका एक नेताका अनुसार स्थायी समितिमा नाराणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ,टोपबहादुर रायमाझी, वर्षमान पुन, पम्फा भुसाल, जनार्दश शर्मा, शक्ति बस्नेत, गिरिराजमणी पोखरेल, अग्नीप्रसाद सापकोटा, लिलामणी पोखरेल लेखराज भट्ट, मात्रिका यादव, मणी थापासहितका नेताहरुको चर्चा छ ।

तर, केन्द्रीय कार्यालय सदस्य मणी थापाले यसबारे कुनै ठोस निर्णय नभएको र कोको साथीहरु स्थायी समितिमा जाने भन्नेबारे दिउँसो बस्ने केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल हुने बताए ।

यसकारण पार्टी एकतामा आलोचनात्मक समर्थनः थापा

जनमुक्ति सेनापछि ‘अयोग्य’ बन्‍ने पालो केन्द्रीय सदस्यहरुको ! २ सय मात्रै एमाले बन्‍न योग्य

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]