Dabali News

जनमुक्ति सेनापछि ‘अयोग्य’ बन्‍ने पालो केन्द्रीय सदस्यहरुको ! २ सय मात्रै एमाले बन्‍न योग्य

३ जेठ

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच विधिवत रुपमा एकता हुने भएको छ । लामो समयदेखिको रस्साकस्सी अन्ततः आज एकतामा परिणत हुने भएको छ ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डबीचका भएको वान टु वान वार्ताले आज एकता गर्ने सहमति गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि एकता लम्बिएको भन्ने केही राजनीतिक विश्लेषकको विश्लेषणलाई फेल गराउँदै ओली र प्रचण्डले एकताको अन्तिम सहमति गरेका हुन् ।

बुधबार साँझ बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले एकतालाई अनुमोदन गरेको छ । दुबै पार्टीले आज केन्द्रीय समिति बैठक बोलाएका छन् । दिउँसो पार्टी एकता संयोजन समितिको बैठक पनि बोलाइएको छ । सो बैठकले एकतलाई अनुमोदन गर्ने र आजै पार्टी एकताको घोषणा गर्ने नेताहरुले बताएका छन् ।

केन्द्रीय समितिमा आधा हिस्सा खोजिरहेको माओवादी केन्द्रले ४५ प्रतिशतमै चित्त बुझाउनु परेको छ । उसले केन्द्रीय समितिमा २ सय जनाको भाग पाएको छ । त्यस्तै एमालेबाट २४१ जना केन्द्रीय समितिमा पर्नेछन् ।

ओली र प्रचण्डबीच भएको सहमतिअनुसार केन्द्रीय समितिमाथि स्थायी समिति बनाइनेछ । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति भएको छ । जसमा एमालेबाट २४ र माओवादी केन्द्रबाट १८ जना रहने भएका छन् ।

त्यसैगरी एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति पनि भएको छ भने चुनाव चिह्न सूर्य नै हुने भएको छ ।

केन्द्रीय समिति र स्थायी समितिमा एमालेबाट कुनै नेताहरु पनि आउट हुने छैनन् । एमालेका सबै नेताहरु केन्द्रीय समितिमा पर्न योग्य भएपनि माओवादी केन्द्रका भने अधिकांश नेताहरु आउट हुने भएका छन् ।

माओवादी केन्द्रको जम्बो केन्द्रीय समितिका अधिकांश आटउ हुने भएका छन् । यसलाई जनमुक्ति सेनापछि केन्द्रीय सदस्यलाई अयोग्यको बिल्ला भिराइएको रुपमा लिएका छन् । अयोग्यका बिल्ला भिराइएका जनयुद्ध लगेका जनमुक्ति सेनाकै हालत उनीहरुको पनि माओवादी केन्द्रकै नेताहरु बताउन थालेका छन् ।

सेना समायोजनको नाममा जनमुक्ति सेनालाई अयोग्यको बिल्ला भिराइएको थियो, अहिले एमालेसँगको एकताको नाममा करिब ६ हजार नेताहरुलाई अयोग्य बिल्ला भिराउन प्रचण्ड सफल भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । यो कुरा सामाजिक संजालमा माओवादी केन्द्रका नेता-कार्यकर्ताहरुले नै लेखेका छन् ।

जनमुक्ति सेना र पार्टीको केन्द्रीय समितिमा बढाउने र अयोग्य बनाउने शैली एउटै छ । शान्तिप्रक्रियासँगै जनमुक्ति सेना ब्यारेकमा बसेपछि सुरुमा भएको संख्यमा थप्न केही जनयुद्ध नलडेका कार्यकर्ता, समर्थक र शुभचिन्तक युवा–युवतीलाई भर्ती गरेर ३५ हजार पुर्याइयो । अनमिनले प्रमाणिकरण गर्दै धेरै पुराना र केही नयाँलाई अयोग्य भनिर घर पठाइयो ।

जनमुक्ति सेनाको संख्याप्रति नै तत्कालिन सत्तापक्ष, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको आपत्ति थियो । उनीहरुले दशदेखि १५ हजार सेना मात्रै होलान् भनेर अनुमान गरेका थिए । त्यो संख्या घटान छाति नाप्ने उपाय निकालियो । पुरानै संख्याको जनमुक्ति सेना भएको भए सम्भवतः कसैले पनि अयोग्य हुनुपर्ने थिएन ।

त्यसैगरी पार्टीमा पनि प्रचण्डले केन्द्रीय समिति ६ हजारको बनाए । कुनै पनि जिल्ला यस्तो छैन ५० जना केन्द्रीय सदस्य नभएको । कुनै जिल्लामा त १ सयदेखि २ सय जना छन् । योसँगै नेताहरुले नातागोता, प्रेमी–प्रेमीका पनि माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाए । यो संख्या ६ हजार नाघेर ६५ सय नजिक पुगेको माओवादी केन्द्रकै नेताहरुले बताउँदै आएका थिए । एमालेसँगको एकतामा जनमुक्ति सेनालाई जस्तै छाति नापियो । ठूलो संख्यालाई अयोग्य बनाइयो । अब यो संख्याले अयोग्य भनिएका जनमुक्ति सेनाको जुन हालत छ, राजनीतिक रुपमा त्यस्तै हुनेछ । उनीहरु बन्न अयोग्य भएका छन् । जसरी ठूलो संख्यामा जनमुक्‍ति सेना नेपाली सेना बन्न अयोग्य भएको थियो ।

कसैले व्यापार–ब्यवसायमा लाग्नुपर्ने छ भने कसैले खाँडी पुग्नु पर्नेछ । केन्द्रीय समितिको हैसियत बनाएकाहरु नेताहरु गाउँमा गएर पार्टी काममा कमै लाग्नेछन् । राजनीतिमै लाग्ने इच्छा भएकाहरुले कुनै क्रान्तिकारी छाता चाहिनेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]