Dabali News

एमालेद्वारा पार्टी एकता अनुमोदन, भोलि नै घोणा, ४४१ सदस्यीय केन्द्रीय समिति

२ जेठ

काठमाडौँ । काठमाडौँ । लामो रस्साकस्सीबीच अन्ततः नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने पक्का भएको छ ।

बुधबार दिउँसो ओली र प्रचण्डबीच भएको वार्ताले भोलि नै अर्थात मदन स्मृति दिवसकै अवसरमा पार्टी एकता गर्ने सहमति भएको छ ।

बुधबार साँझ बसेको एमाले स्थायी समिति बैठकले उक्त सहमतिलाई अनुमोदन गर्दै स्वागत गरेको छ । एमाले सचिव योगश भट्टराईका अनुसार भोलि विहान केन्द्रीय समितिको बठक बस्ने बस्नेछ । एकतालाई केन्द्रीय समितिले पनि अनुमोदन गर्नेछ ।

त्यसैगरी माओवादी केन्द्रले पनि भोलि नै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।

भोलि नै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । दिउँसो सबै तयारी गरेर पाँच ५ बजे पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको एमाले उपाध्यक्ष बामदेव गौतमले बताएका छन् ।

केही दिनदेखि शून्यमा झरेको एकता छलफलले बुधबारबाट गति लिएको थियो ।

भोलि स्व. भण्डारीको २५औं स्मृति दिवस हो । उनको २०५० जेठ ३ मा दासढुंगा हत्या भएको थियो ।

समय अभावका कारण पार्टी एकता हुन नसकेपनि एउटै मंचबाट विशेष घोषणा गर्ने तयारी भइरहेको छ । भण्डारीको स्मृतिमा भोलि बिहान मदननगर बुल्खुमा विशेष कार्यक्रममा प्रचण्डलाई विशेष बक्ताको रुपमा बोलाएको छ ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ । एमालेबाट २ सय ४१ जना र माओवादीबाट २ सय जना केन्द्रीय सदस्य बन्ने भएका छन् । अनुपात हेर्दा माओवादी माओवादीको भन्दा एमालेको जम्मा ४१ जना बढी हुनेछन् ।

यसैगरी, चुनाव चिन्ह एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुने भएको छ भने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने भएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]