Dabali News

चितवनबाट नेकपाका दुई नेता गिरफ्तार

२ जेठ

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

बुधबार दिउँसो कामको सिलसिलामा बाटो हिँड्दै गर्दा उनीहरुलाई प्रहरीले बिनाकारण अपहरणकारी शैलीमा गिरफ्तार गरेको भन्दै नेकपाका चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसीले भत्सर्ना गरेका छन् ।

जिल्ला पार्टीका सदस्य अमर गोपाली र मजदुर सुमन लामालाई गिरफ्तार गरेको ईन्चार्ज बिसीले जानकारी दिएका छन् । गोपली राप्ती नगर कमिटीका ईन्चार्ज समेत हुन् ।

गिरफ्तार गरिएका दुवै जनालाई बिनासर्त तुरुन्त रिहा गर्न सरकार र प्रशासनसँग नेकपा चितवनले माग गरेको छ । गिरफ्तार सबैलाई रिहा नगरिए कडा संघर्षमा उत्रन बाध्य हुने र त्यसको जिम्मेवार ओली सरकार हुनुपर्ने चेतावनी ईन्चार्ज बिसीले दिएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]