Dabali News

मदन भण्डारीको ‘हत्या’ भएकै दिन एमाले-माओवादी केन्द्रबीच एकता !

२ जेठ

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियाले गति लिएको छ । केही दिनदेखि शून्यमा झरेको छलफलले बुधबारबाट गति लिएको हो । बुधबार दिउँसो एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता भएको छ ।

विहीबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउन दुबै नेता सहमत भएका छन् । एमालेले बुधबार साँझ बालुवाटारमै आकस्मिक स्थायी समिति बैठक बोलाएको छ ।

एमाले नेताहरुले भोलि अर्थात जेठ ३ गते नै पार्टी एकता गर्नुपर्ने सुझाव दिएका छन् । पार्टीका तत्कालिन महासचिव मदन भण्डारीको हत्या भएकै दिन पार्टी एकता गर्दा राम्रो प्रभाव पर्ने भन्दै भोलि नै पार्टी एकताको घोषणा गर्नुपर्ने नेतृत्वलाई सुझाव दिएका छन् ।

एमाले भोलि विहान ११ बजे आकस्मिक रुपमा केन्द्रीय समिति बैठक पनि बोलाएको छ । एमाले नेताहरुले भोलि एकताको लागि तयार हुनु प्रचण्डलाई पनि भनेका छन् ।

भोलि स्व. भण्डारीको २५औं स्मृति दिवस हो । उनको २०५० जेठ ३ मा दासढुंगा हत्या भएको थियो ।

समय अभावका कारण पार्टी एकता हुन नसकेपनि एउटै मंचबाट विशेष घोषणा गर्ने तयारी भइरहेको छ । भण्डारीको स्मृतिमा भोलि बिहान मदननगर बुल्खुमा विशेष कार्यक्रममा प्रचण्डलाई विशेष बक्ताको रुपमा बोलाएको छ ।

दिउँसो संयोजकन समिति बैठक बस्ने र साँझ पाँच बजे नै पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने एमाले स्रोतको दाबी छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले पनि भोलि नै पार्टी एकताको घोषणा गर्न ओली र प्रचण्डलाई सुझाव दिएको एमाले नेताहरुको भनाई छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]