Dabali News

शिष्टाचार भेटमा नेपालको समृद्धिमा चीनको सहयोगको खाँचो

२ जेष्ठ

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीन सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङले शिष्टाचार भेट गरेका छन् ।

बुधबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भएको भेटमा उपराष्ट्रपतिले सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलसँग नेपाल राजनीतिक स्थायित्व, विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए ।

उनले नेपालको समृद्धिमा चीनको सहयोगको खाँचो औंल्याउँदै एक पेटी एक मार्ग (ओविओआर) बाट नेपालले अधिकतम लाभ लिने कोशिस गरिरहेको बताए ।

उनले नेपाल लगानीका लागि भर्जिनल्याण्ड भएको उल्लेख गर्दै उर्जा, कृषि, पर्यटन, रेलमार्ग, भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले चीनसँगको व्यापार बढ्दो भए पनि नेपालले व्यापार घाटा भोगिरहेको अवगत गराउँदै व्यापार सन्तुलनका लागि दुवै देशले सोच्नुपर्ने सुझाए ।

चिनियाँ प्रतिनिधि मण्डलसँगको भेटमा नेपाल चीनको एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै चीन विरुद्ध नेपाली भूमि प्रयोग गर्न कसैलाई पनि नदिने प्रतिबद्धता जनाए । भेटमा सिचुवान प्रान्तका उप उगभर्नरले नेपाल चीन सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताए ।

उनले नेपालको विकासमा सधै चीनकोसाथ रहने उल्लेख गर्दै चीन र सिचुवान प्रान्तले नेपालको उर्जा, कृषि तथा खाद्य प्रविधि, सडक सञ्जाल, रेल्वेको क्षेत्रमा लगानी गर्न चाहेको उल्लेख गरे । आफू नेतृत्वको प्रतिनिधि मण्डल लगानीको सम्भाव्यता अध्ययन गर्न आएकोसमेत जानकारी गराए ।

आजै उपराष्ट्रपतिसँग नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न योहानेशनले पनि शिष्टाचार भेट गरे । नर्वेजियन राजदूतसँगको भेटमा उपराष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया र विकासका लागि नर्वेले गरेको सहयोगका लागि धन्यवाद दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]