Dabali News

कोरियाली उच्चस्तरीय बैठक स्थगित, सैनिक अभ्यासको अन्त्य नगरे अमेरिकासँगको बैठक नगर्ने चेतावनी

२ जेष्ठ

काठमाडौं । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको छ ।

बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियामा जारी रहेको दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासको विरोध गर्दै सो बैठक नबस्ने बताएको हो । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल हालै दक्षिण कोरिया पुगेको थियो । सोही प्रतिनिधिमण्डलले उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति गरेको थियो ।

दक्षिण कोरियामा सो देश र अमेरिकाको सैनिक अभ्यास सुरु भएको थियो । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गर्दै आएको छ । सो सैनिक अभ्यासले २ कोरियाबीच गत अप्रिल २७ को शान्ति सम्झौताको उल्लंघन गरेको भन्दै आगामी केही दिनमा यदि उक्त सैनिक अभ्यासको तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीच हुने भनिएको यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको थियो ।

सोही बैठकको पूर्व सन्ध्यामा भएको उत्तर कोरियाली नेताको चीन भ्रमणलाई पनि अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ । उत्तर कोरियाली नेता उन पनि केही दिन अघिमात्र चीन पुगेका थिए । गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच उच्चस्तरीय बैठक भएको थियो ।

उक्त बैठकमा भएको शान्ति सम्झौताका साथै अरु सहमतिको कार्यान्वयनका लागि बुधबार २ कोरियाबीच बैठक बस्न लागेको थियो । मन्त्रीस्तरमा हुने बताइएको सो बैठकले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको सुरुआत गर्ने बताइएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali[email protected]
[email protected]