Dabali News

जनसाँस्कृतिक महासंघद्वारा सचिव बोगटीको जीवन रक्षाको माग

२ जेठ

काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघले केन्द्रीय सचिव कुशल बोगटीको गिरफ्तारको घोर भत्सर्ना गर्दै जीवन रक्षाको माग गरेको छ ।

महासंघका महासचिव खेम थपलियाले बुधबार एक प्रेस विज्ञिप्त जारी गर्दै सचिव बोगटीलाई दलाल सरकारको निर्देशनमा प्रहरीले अपहरण शैलीमा कठमाडौंबाट गिरफ्तार गरी बेपत्ता पारेको भन्दै बोगटीको वास्तविक अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भक्तपुर जिल्ला सेक्रेटरीसमेत रहेका बोगटीलाई मंगलबार दिउँसो बागबजारबाट सादा पोसाकमा आएका आफूलाई प्रहरी बताउने चार जनाको समूहले कब्जामा लिई बेपत्ता पारेको थिए । बोगटीलाई गिरफ्तार गरिएको कुरा काठमाडौं प्रहरी प्रमुख एसएसपी धिरजप्रताव सिंहले स्वीकार गरेको भनाईको उदृत समाचार हिजो आइतबार विभिन्न संचारमाध्यममार्फत बाहिर आएपनि बोगटीलाई कहाँ राखिएको छ ? र अवस्था कस्तो छ ? भन्ने बारे औपचारिक रुपमा प्रहरीले घटनाबारे नबोलेको देख्दा आश्चर्य लागेको महासचिव थपलियाले अनलाइन डबलीसँग बताए ।

जनता, राष्ट्रियताको पक्षमा र उत्पीडन, वर्गीय विभेदविरुद्ध गीत र लेख–रचनामार्फत परिवर्तनको लागि निरन्तर लागिरहेका युवा स्रष्टा बोगटीको अवस्था राज्यबाट अज्ञात बनाइएको भन्दै थपलियाले विज्ञिप्तमा उनको अवस्था तत्काल बाहिर ल्याउन सरकारसँग माग गरेका छन् । उनको जीवनको रक्षा गर्न समेत सबै पक्षसँग अपिल गरेका छन् ।

राज्यबाटै आफ्ना नागरिकको अवस्था बिहान, दिउँसो र बेलुकी के हुने हो ? घरबाहिर निस्केका आफ्ना सन्तान फर्किआउने हुन् कि होइनन् ? भन्ने भय र त्रासको परिस्थिति राज्य र उसका सुरक्षा निकायबाटै भइरहेको भन्दै उक्त परिस्थितिको अन्त्य गर्दै आम नागरिकले शान्तिपूर्ण हिँडडुल र राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारको उल्लंघन नगर्न विज्ञप्तिमा सरकारसँग माग गरिएको छ ।

थपलियाले देशमा अहिले खराब शासकले दमन, बेपत्ता र चरम यातनादिई झ्ठा मुद्दाको शासन गरिरहेको बताएका छन् । ‘भोलि ‘मेरो देश नेपाल’ लेख्न पाइने हो कि होइन भनेर देशका असल नागरिकहरू चिन्तित छन्’ विज्ञप्तिमा भनिएको छ ‘दलाल शासकका कारण राष्ट्रको सिङ्गो जीवन जर्जर अवस्थामा पुगेको छ । केपी–पिके सरकार जनताका लेखक–साहित्यकार–कलाकारहरुविरुद्ध दमनमा उत्रेको छ ।’
सचिव बोगटीलाई बेपत्ता पार्ने कार्य क्षम्य हुन नसक्ने भन्दै बिनासर्त स–सम्मान यथाशिघ्र रिहा गर्न र बोगटीको जीवन रक्षाका लागि मानवअधिकारकर्मी, संचारकर्मी र साहित्यकारसँग थपलियाले विज्ञिप्तमार्फत विशेष अपिल गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]