Dabali News

२ जना अध्यक्ष हुँदा नेविसंघ विवादमा

२ जेष्ठ

सिरहा । नेपाल विद्यार्थी संघ सिरहामा २ जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद भएको छ ।

संस्थापन पक्षका मानिने नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरीलाई र नेता कृष्ण सिटौला पक्षधर मानिने माधव ढकालले मो. मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनित गरेको पत्र पठाएपछि विवाद उत्पन्न भएको हो ।

चौधरी र मुस्ताकलाई मनोनित गरेको पत्र पठाउने दुबै नेताले आफूलाई सिरहा जिल्लाको आधिकारिक केन्द्रीय प्रतिनिधिको रुपमा दाबी गरेका छन् ।

नेवि संघको विधानमा जिल्ला अध्यक्ष जिल्ला अधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेपनि लामो समयदेखि नेवि संघ सिरहाको अधिवेशन हुन सकेको छैन ।

उता नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जिल्ला अध्यक्ष मनोनयनको विषयमा आफूलाई नेविसंघको कुनै केन्द्रीय पदाधिकारीले समन्वय नगरेको बताएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]