Dabali News

विश्व किर्तिमान राख्दै २२औं पटक सगरमाथा शिखरमा

२ जेष्ठ

काठमाडौं । कामिरिता शेर्पाले २२औं पटक सगरमाथा शिखरमा पाइला राख्दै विश्व रेकर्ड राखेका छन् ।

उनले बुधबार बिहान ८ बजेर ३० मिनेटमा आरोहण गरेर उनले यसअघि २१ पटक सगरमाथा शिखरमा पुगेका आप्पा शेर्पाको विश्व किर्तिमानी तोडेका छन् ।

उनले आरोहणमा जानु अघि आफूले आप्पाको किर्तिमान तोड्न नभई काम र बाध्यताले जान लागेको बताएका थिए । पासाङल्हामु गाउँपालिका-५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाईला राख्ने आरोही बनेका हुन् ।

उनलाई सामाजिक सञ्जालमा देश विदेशदेखि शुभकामनाको ओइरो आउन थालेको छ । उनी सन् १९९२ देखि सगरमाथा चढ्न थालेका छन् ।

उनले पहिलो सफल आरोहण सन् १९९४ मे १३ तारिखका दिन गरेका थिए । ४ वर्ष उनले ‘रोप फिक्सिङ’ (क्याम्प २ देखि शिखरसम्म डोरी टाँग्ने) टोलीको नेतृत्व गर े। उनले एकै साल २ पटक आरोहण गरे ।

सन् २०१२ मा रोप फिक्सिङ गरेर फर्किएपछि चौथो शिविरबाट विदेशी टोलीलाई चुचुरोमा र्पुयाए । तर उनले त्यसवर्ष १ पटक आरोहण गरेको प्रमाणपत्र पाएनन् । उनले ८ हजार मिटरको ५ वटा हिमाल चढिसकेका छन् ।

संसारकै जोखिमपूर्ण भनिएको पाकिस्तानको माउन्ट केटु सन् २०१४ मा आरोहण गरे । त्यसैगरि ल्होत्से, चोयु र मनास्लु पनि चढिसकेका छन् ।

आप्पापछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक नै सगरमाथा चढेका थिए । आप्पाले सन् २०११ बाटै आरोहण छोडे । फुर्वाले सन् २०१३ बाट छोडे । त्यसपछि निरन्तर बढी पटक आरोहण गर्ने कामिरिता एक्ला आरोही हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]