Dabali News

पार्टी एकता संयोजन समिति बैठक भोली बस्ने

२ जेष्ठ

काठमाडौं । एमाले र माओवादीबीच पार्टी एकीकरण टुंगो लगाउन भोली (बिहीबार) पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलपछि संयोजन समिति बैठक राखिएको हो ।

पार्टी एकताबारे नकारात्मक प्रचार शुरु भएपछि ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) बिहान छलफल भएको हो । छलफलमा पार्टी एकता सकेसम्म एक साताभित्रै टुंगो लगाउन दुवै नेता सहमत भएका छन् ।

पार्टी एकीकरण प्रक्रियाबारे नकारात्मक प्रचार बाहिर आए जस्तो कुनै खटपट नरहेको एमाले महासचिव ईश्वर पोखरेलले बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]