Dabali News

यातायात समितिको बैंक खाता रोक्का गर्ने निर्णय

२ जेष्ठ

काठमाडौं । सरकारले यातायात समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ ।

सिण्डिकेट हटाउने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले २१ बैशाखमा सार्वजनिक यातायात नचलाएपछि २४५ यातायात समितिहरुको बैंक खाता रोक्का गरिएको थियो ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा मंगलबार बसेको बैठकले अरु समितिको पनि बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठ, गभर्नर डा. चिरिञ्जिवि नेपाल लगायतको उपस्थितिमा बसेको बैठकले यातायात सम्वद्ध संघसंस्थाहरुको चल, अचल शेयर, सम्पत्तिको विवरण १५ दिनभित्र गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका प्रमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले यसअघि खाता रोक्का गरिएका बाहेक अन्य यातायात समिति तथा संस्थाहरुको विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने यातायात व्यवस्था विभागलाई भनेको छ ।

विवरण आए लगतै बाँकी रहेको सम्पुर्ण यातायात समितिहरुको समेत खाता रोक्का गर्ने र के कति रकम छ, त्यसको विवरण तयार पार्ने निर्णय पनि गरेको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]