Dabali News

कञ्चनपुरको लालझाडीमा ४० जना कुष्ठरोगी फेला

२ बैशाख

कञ्चनपुर । जिल्लाको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगी फेला परेका छन् ।

कुष्ठरोगी फेला परेपछि न्यूनीकरणको प्रयास थालिएको छ । गाउँपालिकाको वडा नं १ र २ मा बढी कुष्ठरोगी रहेका छन् । पहिचान गरिएका कुष्ठरोगीमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

कुष्ठरोग लागेपछि विगतमा घरभन्दा टाढाको झोपडीमा रोगीलाई राखिँदै आएको थियो । हाल सामाजिक चेतनामा आएको परिवर्तनले कुष्ठरोगीलाई परिवारसँगै राखेर उपचार गरिँदै आएको छ ।

एनएनएसडब्लुए नामक संस्थाको समन्वयमा एनएलआर नामक संस्थाले कुष्ठरोगबारे जनचेतना जगाउने, उपचारका लागि सहयोग गर्नेलगायतका कार्यमा सहयोग गरिरहेको छ ।

कुष्ठरोग लागेका व्यक्तिलाई स्वास्थ्यचौकीबाट उपचारसँगै निःशुल्क औषधि उपलब्ध गराइँदै आएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]