Dabali News

कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हरायो

२ जेष्ठ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

१४३ रनको लक्ष्य पछ्याएको कोलकाताले खेलमा २ ओभर बाँकी छँदा ४ विकेट गुमाएर उक्त लक्ष्य पार गरेको थियो । लिग चरणको एक खेल मात्रै बाँकी रहँदा अंक तालिकाको तेस्रो स्थानमा रहेको कोलकाताको १४ अंक भएको छ ।

१२–१२ अंक जोडेका राजस्थान र पञ्जाब क्रमशः चौथो तथा पाँचौ स्थानमा छन् । शिर्ष २ स्थानमा रहेका सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स यसअघि नैं प्ले अफ् चरणमा पुगिसकेका छन् । प्ले अफ्मा पुग्ने थप २ टोलीको टुंगो भने अन्तिम चरणका खेलपछि लाग्ने छ ।

कोलकाताविरुद्ध पहिले व्याटिङ गरेको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको हो । जोस बट्लरले सर्वाधिक ३९ रन बनाँउदा राहुल त्रिपाठीले २३७ रनको योगदान दिएका थिए ।

बलीङतर्फ कोलकाताका कुलदीप यादवले ४ तथा आन्द्रे रसेल र प्रसिद्ध कृष्णले समान २-२ विकेट लिएका थिए ।जवाफमा १४३ रनको मध्यम चुनौती पार गर्ने क्रममा कोलकाताका कप्तान दीनेश कार्तिकले अविजित ४१ रन तथा सुरुवाती व्याट्सम्यान क्रिस लिनले ४५ रनको योगदान दिएका हुन् । आज राती मुम्बई इन्डियन्स र किङ्स ईलेभेन पञ्जाब भिड्ने छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]