Dabali News

किम जोङले चाले कडा कदम, उच्चस्तरिय वार्ता रद्द, फेरि तनाव बढने संकेत

२ जेठ

काठमाडौं । शान्ति स्थापनाको लागि उत्तर कोरिया हदैसम्मको लचक भइरहेको बेला एकाएक उच्चस्तरिय बार्ता रद्दको घोषणा गरेको छ । आफू वार्ता र संवादको लागि तयार भएपनि अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास जारी रहेको भन्दै उत्तर कोरियाले वार्ता रद्द गरेको हो ।

उत्तर कोरियाले आफ्ना सबै आणविक कार्यक्रमलाई स्थगित गरेर वार्तामा लागिरहेको बेला अमेरिका र दक्षिणले सैन्य अभ्यास जारी राखेको भन्दै नेता किम जोङ उनले वार्ता रद्द गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

यी दुई राष्ट्रबीच पनमुनजोममा आज उच्चस्तरीय वार्ता गरी विगतमा दक्षिण र उत्तर कोरियाका दुई नेताबीच भएको ऐतिहासिक वार्ताका क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्ने योजना थियो ।

उत्तर कोरियाको यो निर्णयले आगामी जुन १२ मा अमेरिकासँग हुने भनिएको वार्ता पनि अन्यौलमा परेको छ ।

अमेरिका र दक्षिण कोरियाले गत शुक्रबार मात्रै बी ५२ बमबर्षक विमान र एफ १५ जेट विमानका साथमा एक सय लडाकु विमान तैनाथ गरेको थियो ।

कोरियामा शान्ति हुन नदिन अमेरिका लागिरहेको उत्तर कोरियाले बताएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]