Dabali News

ओली-मोदीले सुरु गरेको जनकपुर-अयोध्या बस सेवा बन्द

२ जेठ

काठमाडौँ । निकै हल्लाखल्ला र एउटै पहिरनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बस सेवा बन्द भएको छ ।

मोदीको नेपाल भ्रमणको पहिलो दिन जनकपुरमा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा उद्घाटन गरेका थिए ।

दुबै देशका झण्डा फहराउँदै जनकपुरलाई ‘रामायण सर्किट’ भनिएको धार्मिक पर्यटन मार्गमा जोड्ने भन्दै सुरु भएको बस सेवा बन्द भएको छ । बस संचालनको लागि आवश्यक प्राविधिक प्रक्रियाहरू पूरा नगरेरै सेवा सुरु भएका कारण सेवा बन्द भएको हो ।

मोदीको भ्रमणको पहिलो दिन गत शुक्रवार जनकपुरधामबाट अयोध्याका लागि दुईवटा बस गएका थिए । नियमित संचालनको लागि केही महिना लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माका अनुसार आवश्यक प्रक्रिया पूरा नगरी हतारमा बस सेवा सुरु गरेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]