Dabali News

एक्कासी आकाशे पुल खस्दा १२ को मृत्यु, ५० भन्दा बढी किचिए

१ जेठ

काठमाडौँ । एक्कासी आकाशे पुल खसेको छ । यो घटना भारतको हो ।

भारतको बनारसमा निर्माणधीन आकाशे पुल खसेर किच्दा १२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी मानिसहरु च्यापिएको बताइएको छ ।

घटनापछि बनारसका जिल्ला प्रशासन तथा प्रहरी अधिकारीहरु घटनास्थलमा पुगिसकेको थियो । केण्ट रेल स्टेशन नजिकै जिटी रोड कमलापति इण्टर कलेजको पुल खसेको हो ।

घटनास्थलमा पाँच अटो, चार कार, एक सिटी बस र एउटा मोटरसाइकल पिलरको मुनि थिचिएको देखिन्छ । त्यसबाहेक दर्जनौं गाडीहरु दबिएर दजैनौँको ज्यान गएको हुनसक्ने भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले निर्माणाधीन पुल खस्नु दुखद् भएको बताउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने प्रतिवद्धता जनाएका छन् ।

घटनास्थलमा स्थानीय, प्रहरी तथा उद्धारकर्मीहरु उद्धारमा जुटिरहेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]