Dabali News

रुसले विश्वकपका लागि २३ सदस्यीय ब्राजिलीयन टोली छनोट गर्यो

१ जेष्ठ

काठमाडौँ । ब्राजिलले रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ का लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ ।

प्रशिक्षक टिटेले चोटग्रस्ट स्ट्राइकर नेइमारलाई समेट्दै टोली छनोट गरेका हुन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का समेत स्ट्राइकर रहेका नेयमार हाल खुट्टाको शल्यक्रिया गराइरहेका छन् । नेइमार फेन्स लिग खेल्दा घाइते भएका थिए ।

उनी विश्वकपसम्म फिट हुने अपेक्षा गरिएको छ । गोल किपरः एलिसन (रोमा), एडरसन (म्यानचेस्टर सिटी) र क्यासिओ ( कोरिनथियन्स) डिफेन्डरः डेनिलो (म्यानचेस्टर सिटी), फ्यागनर ( कोरिनथियन्स), मार्सेलो (रियल मड्रिड), फिलिपे लुइस (एथ्लेटिको मड्रिड), थियागो सिल्भा (पिएसजी), मार्किन्योस (पिएसजी), मिरान्डा (इन्टर मिलान) र पेड्रो जेरोमेल (ग्रीमिओ) मिडफिल्डरः क्यासिमिरो (रियल मड्रिड), फर्नान्डीन्हो (म्यानचेष्टर सिटी), पाउलीन्हो (बार्सिलोना), फ्रेड (सख्तर डोनेस्क), रेनाटो अगुस्टो (बेइजीङ ग्वान), फिलिपे कौटिन्हो (बार्सिलोना), विलियन (चेल्सी) र डग्लस कोस्टा (युभेन्टस) स्ट्राइकरः नेइमार (पिएसजी), टाइसन (सख्तर डोनेस्क), ग्याब्रिएल जिसस (म्यानचेष्टर सिटी) र रोबर्टो फिरमिनो (लिभरपुल) डानी आल्भेसले भने चोटका कारण टोलीमा स्थान बनाउन सकेनन् ।

ब्राजिल विश्वकप फुटबलको ‘समूह इ’ मा रहेको छ । ब्राजिलको समुहमा स्वीट्जरल्यान्ड, कोस्टारिका र सर्बिया छन् । ब्राजिलले आफ्नो पहिलो खेल १७ जुनमा स्वीट्जरल्यान्डसँग खेल्ने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]