Dabali News

पूर्व फुटबलर शाहको शवयात्रा, अार्यघाटमा अन्त्यष्टी गरिँदै

१ जेठ

काठमाडौं । नेपाली टोलीको नेतृत्व गर्दै एशियाली खेलकुदमा सहभागी भएका पूर्व फुटबल खेलाडी मणिविक्रम शाहको अन्त्यष्टी गरिँदै छ । श्रद्धाञ्जलीको लागि दशरथ रंगशालामा पछि शवयात्रा सुरु भएको छ ।

‘नेपाली म्याराडोना’को उपनामबाट परिचित शाहप्रति श्रद्धाञ्‍जली अर्पण गर्न समर्थक, शुभचिन्तकको ठूलो भिड लागेको थियो ।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता माधव नेपाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट, प्रदेश नम्बर तीनकी प्रदेश प्रमुख अनुराधा कोइरालासहित आफन्त र शुभेच्छुक रंगशाला पुगेका थिए ।

त्यस्तै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शाहको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, एन्फा पदाधिकारी राष्ट्रिय टिमका खेलाडी, मनाङ मस्र्याङ्दी क्लबका पदाधिकारी तथा अन्य खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरु रंगशाला पुगेका थिए ।

कलेजो र पित्तको समस्याबाट लामो समयदेखि पीडित पूर्व फुटबलर शाहको सोमबार साँझ थापाथलीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ५१ वर्षीय शाहको नेपाली टोली सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साफमा नेपाल विजयी भएको थियो ।

सन् १९८५ देखि राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरेका शाहले ४८ क्यापमा ६ अन्तर्राष्ट्रिय गोल गरेका थिए । उनले सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियाली खेलकुदमा नेपालको झण्डा बोकेका थिए । फुटबलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा बोक्ने शाह एक्ला खेलाडी हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]