Dabali News

९ महिनामा २२ अर्बको चामल आयात, महसुल बढाउने सरकारको तयारी

१ जेष्ठ

काठमाडौँ । चामलको आयात बढ्न थालेपछि सरकारले भन्सार महसुल बढाउने तयारीमा छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चामलमा भन्सार महसुल वृद्धि गर्न सिफारिस गरेको हो ।
मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले चामलमा भन्सार महसुल १० प्रतिशत बढाउने प्रस्ताव अर्थ मन्त्रालय पठाइएको जानकारी दिएका छन् ।

हाल चामलमा ५ प्रतिशत भन्सार छ । कृषि सुधार शुल्क अन्तर्गत कर असुल गरिँदै आएको छ । मन्त्रालयले ७ मिलिमिटरभन्दा लामो, मिठो, मसिनो र बास्नादार चामलमा भन्सार बढाउने प्रस्ताव गरेको हो । यी चामलको बजार मूल्य तुलनात्मक रुपमा बढी छ ।

मन्त्रालयका सचिव जिसीले भने, ‘भन्सार बढाउन प्रस्ताव गरेको चामल तुलनात्मक रुपमा महंगो चामल हो, जुन आमजनताले भन्दा पनि उच्च आयस्रोत भएकाले उपभोग गर्छन् । महंगो चामलमा भन्सार बढाएर बरु आमजनताले उपभोग गर्ने चामलमा न्यूनतम भन्सार लगाऔं भन्ने हेतुले हामीले प्रस्ताव अघि बढाएका हौं ।’

कृषि सुधार शुल्कअन्तर्गत धानमा लाग्दै आएको ८ प्रतिशत भन्सारलाई न्यूनतम ३ प्रतिशतसम्म झार्नुपर्ने प्रस्ताव मन्त्रालयले गरेको छ । पछिल्लो समय धानको उत्पादनमा बढोत्तरी भएअनुरुप चामल आयात घट्नुको साटो उल्टो बढेपछि त्यसमा लागेको भन्सार महसुल बढाउने निर्णयमा मन्त्रालय पुगेको छ । सरकारले आयात प्रतिस्थापनलाई प्रमुखताका साथ अगाडि सारेको छ ।

व्यापार तथा निकासी प्रर्वधन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७४-७५ को पहिलो ९ महिनाको अवधिमा झण्डै २२ अर्ब रुपैयाँ मूल्य बराबरको चामल आयात भएको छ ।

गत आर्थिक वर्षमा चामल आयात २४ अर्ब रुपैयाँ मूल्य बराबरको पुगेको थियो । केही समयअघि सरकारले चिनीको भन्सार महसुल १५ प्रतिशतबाट दोब्बर बढाएर ३० प्रतिशत र्पुयाएको थियो ।

हालैमात्र सर्वोच्च अदालतले भन्सार महसुल वृद्धिको सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]