Dabali News

प्रतिकिलो रु ८० हजार पर्ने पत्थर, खानी आसपास रु १५० मा चोरी निकासी

१ जेष्ठ

जाजरकोट । बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने ९ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी भएको छ ।

जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दहलगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेको छ । खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा वर्षेनी करोडौँ मूल्यको पत्थर चोरी निकासी हुँदै आएको छ ।

यसको चोरी निकासीमा संलग्न भएको भन्दै प्रहरीले अहिलेसम्म दर्जनभन्दा बढीलाई पक्राउ गरिसकेको छ । स्थानीय बजारमा उक्त पत्थर किलोको १ हजारदेखि ३० हजारसम्म बिक्री हुने गरेको छ । खानी आसपासमा १५० देखि १ हजार ५०० सम्ममा बिक्री गर्ने गरेका छन् ।

गाउँलेले पटक पटक दैलेखको बाटो हुँदै खनिज बिक्रीका लागि लगेको देखेर आफूले पनि लैजान लागेको बताएका छन् । साविकका टालेगाउँ, अर्छानी, दह र कोर्ताङ्ग गाविसबाट मात्र वार्षिक १० टन टुर्मालिन तथा काइनाइट चोरी निकासी हुने गरेको छ ।

बाह्य बजारमा प्रतिकिलोको १५ हजारदेखि ८० हजारसम्मको मूल्यमा बिक्री हुने गरेको पत्थर चोरी निकासी हुँदै आएको छ । कर नतिरेको, चोरीको वस्तु निकासी गरेको र सप्लाई अनुमति नभएकाले पक्राउ परेकालाई खानी तथा खनिज पदार्थ ऐनको दफा २५ अनुसार कारबाही प्रक्रिया अगाडी बढाइएको छ ।

कारबाहीमा ऐनअनुसार लिएको अनुमति रद्द र १ लाख जरिवाना हुने व्यवस्था छ । विश्वबजारमा बहुमूल्य सावित काइनाइट, क्वार्ज, टुर्मालिनलगायतका पत्थर जाजरकोटमा पाइन्छ । यस्ता पत्थरको चोरी निकासीबाट तस्करहरु मालामाल छन् ।

खानीबाट स्थानीयलाई संकलन गर्न लगाएर तस्करले कम मूल्यमा खरिद गर्ने गर्दछन् । पत्थर राजस्व छलेर तस्करले जिल्लाका विभिन्न नाकाबाट निकासी गर्दै आएका छन् । जिल्लामा खानी सञ्चालनका लागि सरकारी पहल नहुँदा चोरी निकासी बढेको हो ।

खानी तथा भूगर्भ विभागले माथिबाटै पत्थर खोजतलास तथा उत्खननको अनुमति दिने गरेको छ । अनुमति लिएकालेसमेत राजस्व छलेर पत्थरको व्यापार गर्दै आएका छन् । करोडौँ मूल्यको पत्थर निकासी हुँदा पनि सरकारी राजस्व शून्य रहेको छ ।

कानून विपरीत मूल्यवान पत्थरको खोजतलास, उत्खनन र चोरी निकासी हुँदासमेत सम्बन्धित निकाय बेखबर भएको पाइन्छ । हाल जुनीचाँदे गाउँपालिकाले खानी व्यवस्थित गर्न विशेष कार्यक्रम शुरु गर्ने बताएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]