Dabali News

इलामबासीहरु बनाए फोहोरबाट कम्पोष्ट मल

१ जेष्ठ

काठमाडौँ । इलाम बजारको फोहोरमैला प्रशोधन गरी प्राङ्गारिक मल बनाउने मेसिनको परीक्षण गरी फोहोरबाट मल बनाउन थालिएको छ ।

विभिन्न स्थानबाट निष्कने फोहोर व्यवस्थित गर्न इलाम नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल बनाउने मेसिनको परीक्षण गरी फोहोरमैला प्रशोधन थालेको हो ।

उक्त मेसिनमा दैनिक ७ सयदेखि ८ सय किलोसम्म फोहोर पेल्न सकिन्छ । सड्ने र नसड्ने दुबै किसिमको फोहोरबाट प्राङ्गारिक मल बनाइन्छ ।

मल बनाउन ८० प्रतिशत घर तथा अन्य स्थानबाट निकालिएको फोहोरको आवश्यकता पर्छ भने बाँकी सुख्खा चीज आवश्यक पर्छ । प्रशोधित बस्तुलाई ताप र मोइश्चर मिलाएर १० देखि १५ दिनसम्म राखेपछि मल तयार हुन्छ ।

इलाम नगरपालिकाको ३९ लाख ३५ हजारको लागतमा कम्पोष्ट प्लान्टका लागि भवन, कामदार बस्ने घर, शौचालय, जग्गाको घेराबार गर्नेलगायत काम गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]