Dabali News

३३ किलो सुन राप्रपा नेता गुरुङले लुटे !

१ जेठ

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट एकै पटक साढे ३३ किलो भित्रिनु जति रहस्य बन्दै गएको छ । तर, त्यो भन्दा ठूलो रहस्य बनेको ३३ किलो सुन लुटिनु वा हराइनु ।

सुन प्रकरणका नयाँनयाँ पोका खुल्दै गएका छन् । समितिको अनुसन्धानले राप्रपा नेताले उक्त सुन लुटेको हुन सक्ने बताएको छ । राप्रपा लोकतान्त्रिकका ६४ वर्षीय नेता भुजुङ गुरुङको टोलीले उक्त सुन लुटेको हुन सक्ने भन्दै अनुसन्धान तीब्र बनेको छ । पञ्चायतकालदेखि नै सुन तस्करीमा रहेका गुरुङ पछिल्ला दिनमा फेरि सक्रिय बनेका थिए ।

उक्त सुनको लागि सुनमा एम.के नामबाट चिनिएका मोहनकुमार अग्रवालको लगानी रहेको करिबकरिब पुष्टि भएको छ । यसबारे थप अनुसन्धान जारी छ ।

सानु बन समेतको मिलेमतोमा भुजुङ गुरुङले साढे ३३ किलो सुन लुटेको हुन सक्ने आशंका गरिएको छ । सुन तस्करीबाटै मनग्गे पैसा कमाएपछि केही समय कारोबार छाडेका गुरुङ चुडामणि उप्रेती ‘गोरे’ समूहसँग लागेर फेरि सक्रिय भएका थिए ।

सानु बनसँग मिलेर विमानस्थलबाट साढे ३३ केजी सुन बाहिर ल्याउने तक्ले भनिने पुण्यप्रसाद लामाले छानबिन समिति समक्ष बयानका क्रममा गोरेको समूहले टर्चर दिने क्रममा भुजुङ गुरुङलाई पनि भेट्न बोलाए पनि नआएको बताएका छन्

सुन हराउने वित्तिकै भरियाहरुलाई टर्चर दिन थालियो र बनलाई पनि सोधपुछ गर्न थालिएको समितिका एक सदस्यले बताए ।

गुरुङ ०७० सालको निर्वाचनमा मनाङबाट राप्रपा नेपालका तर्फबाट उम्मेदवार बनेका थिए । हाल उनी पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा छन ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]