Dabali News

बैंग्लोरले पञ्जाबलाई हराउँदै, प्ले अफ् चरणमा पुग्ने संभावना बढायो

१ जेष्ठ

काठमाडौँ । किङ्स ईलेभेन पञ्जाबलाई १० विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्ले अफ् चरणमा पुग्ने संभावना बढाएको छ ।

गएराती भएको खेलमा ८९ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले ८ ओभर १ बलमा विना कुनै विकेटको क्षतिमा जित हाँसिल गरेको छ ।

जितपछि पनि सातौं स्थानमै यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं स्थानको मुम्बई इन्डियन्सको पनि १० अंक रहेको छ । १२ अंक जोडेको पञ्जाब पाँचौं स्थानमा झर्दा समान १२ अंक नैं जोडेको राजस्थान रोयल्स चौथो स्थानमा उक्लेको छ । तेस्रो स्थानको कोलकाता नाइट राइजर्सको पनि १२ अंक नैं रहेको छ ।

पञ्जाव विरुद्ध हिजोको खेलमा बैंगलोरका कप्तान विराट कोहली ४८ र पार्थिव पटेल ४० रनमा अविजित रहँदै टोलीलाई जित दिलाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १५ ओभर १ बलमा सबै विकेट गुमाएर ८८ रन मात्रै जाडेको थियो ।

आइपीएल क्रिकेटमा आज कोलकाता नाईट राईडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]