Dabali News

‘नेपाली म्याराडोना’ शाहको अन्त्यष्टी आज

१ जेठ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज अन्त्यष्टी गरिने भएको छ ।

पूर्वखेलाडी समेत रहेका शाहको सोमबार साँझ निधन भएको थियो । कलेजोमा समस्या देखिएपछि आइतबार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका ५० वर्षीय शाहको सोमबार साँझ ५ बजेर ४२ मिनेटमा उपचारकैक्रममा निधन भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार शाहको पार्थिव शरीरलाई मंगलबार बिहान १० बजेदेखि दुई घन्टा दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि शवयात्रा गरी आर्यघाट लगिने बताए ।

सन् १९८५ मा १७ वर्षको उमेरमै दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएपछि शाहले झन्डै एक दशक नेपाली फुटबलमा दरिलो उपस्थिति जनाएका थिए ।

सन् १९९३ मा बंगलादेशको ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए । उनलाई ‘नेपाली म्याराडोना’को नामले पनि चिनिन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]