Dabali News

प्रधानमन्त्रीले हरिशरण लामिछानेको स्वास्थ्यअवस्थाबारे लिए जानकारी

३१ बैशाख

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं.३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका लामिछानेको स्वास्थ्य अवस्था बुझी प्रधानमन्त्रीेले चिकित्सकहरुसँग उनको स्वास्थ्यकाबारेमा जानकारी लिए ।

उनले लामिछानेका परिवारसँगसमेत भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरे । लामिछाने भक्तपुर क्षेत्र नम्बर–१ ‘ख’बाट नेकपा एमालेका तर्फबाट विजयी भएका थिए । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]