Dabali News

बेहुलाले धोती लगाउन नमानेपछि दुलही नलिई फर्कियो जन्ती, भित्री कारण दाइजो

३१ बैशाख

पर्सा । दुलहीलिन पुगेको जन्ती विवाद भएपछि रित्तो हात घर फर्केको छ ।

विवाहमा दुलाहाले धोती लगाउन नमानेको विषयमा विवादभएपछि वरियात दुलही नलिई फर्केको हो ।
जीतपुर निवासी रोशनकुमार मिश्रको विवाह वीरगञ्जका रामबाबु मिश्रकी छोरीसँग तय भएकोमा शनिबार राति जन्ती केटी लिन पुगेको थियो ।

जन्तीको खानपिन शुरु भएपछि विवाहको कार्यक्रम शुरु भएकोमा मण्डपमा बस्ने समयमा दुलाहाले धोती लगाउन नमानेपछि, लगत्तै परम्परा नमानेको भन्दै बेहुली पक्षले विवाद शुरु गरे । विवादका क्रममा बिहान ३ बजे जन्ती र बेहुली पक्षबीच कुटाकुट भएको बताइएको छ ।

मधेसी समुदायमा बेहुला धोती लगाएर मण्डपमा बस्नुपर्ने प्रचलन छ । तर, बेहुलाले त्यसलाई नमानेपछि बेहुलीका मामाले बेहुलामाथि दुव्र्यवहार गर्दा विवादको क्रममा दुलाहा र दुलाहाका भिनाजुलगायत जन्तीहरुमाथि कुटपीट भएको थियो ।

कुटपीटबाट घाइते दुलाहाका भिनाजु सन्तोष मिश्रलगायत ४ जना घाइतेसमेत भएका थिए । उनीहरु नेशनल हेल्गथ केयर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

झगडाको बाहिरी कारण जे सुकै देखिए पनि भित्री कारण भने दाइजो भएको बताइएको छ । केटा र केटी विवाहका लागि राजी भइसकेको भए पनि केटा पक्षले दाइजोको विषयमा असहमति राख्दै आएका थिए । यसअघि दुलाहाको कपडा किन्ने विषयमासमेत विवाद भएको बताइएको छ ।

कुरा छिन्ने समयमा केटी पक्षले केटा पक्षलाई २ लाख ५० हजार नगद र १ लाख ८० हजारको मोटरसाइकल दिने सहमति भएको थियो । तर केटी पक्षले २ लाख जति नगद र १ लाख ५० हजार मोटरसाइकलका दिएपछि केटा पक्ष असन्तुष्ट भएका थिए ।

विवाहको दिनमा दुलाहाका दाइले जन्तीका लागि खाने कुरा मिठो नभएको भन्दै असन्तुष्टी जनाएका थिए ।

‘लगभग विवाह सक्कीसके पछि विवाद भएको रहेछ । केटा र केटी दुवै विवाह गर्न राजी देखिए ।’ ‘ दुवै पक्षलाई बसाएर अब आईन्दा झै झगडा नगर्ने वाचा गरेपछि छोडि दिएको छु ।’ प्रहरीको भनाई छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]