Dabali News

खोलाले छात्रालाई बगायो, ६ जना विद्यार्थीको उद्धार

३१ बैशाख

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीले परीक्षा दिन गएका विद्यार्थीलाई बगाएको छ ।

मन्थली बजारलगायतका स्थान अस्तव्यस्त बनेको र मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको हो ।

६ जना विद्यार्थीको उद्धार गरिएको छ । बेपत्ता फुँयालको नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । वर्षाले सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ ।

गएराति १२ बजदेखि शुरु भएको वर्षाले मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारीलगायतका क्षेत्र डुबेका छन् । पहिरोले केही घर र पसलमासमेत क्षति पर्याएका छ ।

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–दोभान सडक खण्ड अवरुद्ध भएको छ । सकड अवरुद्ध हुँदा यातायात आवागमन रोकिएपछि यात्रुहरु मर्कामा परेका छन् ।

तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्समा सडकमा पहिरो खसेपछि बिहानैदेखि यातायात सेवा अवरुद्ध भएका छन् भने अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]