Dabali News

साँफेबगर विमानस्थलको काम शुरु

२९ बैशाख

अछाम । साँफेबगर विमानस्थलको कालोपत्रे हुने काम शुरु भएको छ ।

द्वन्द्वकालमा ध्वस्त भएको विमानस्थलको काम भइरहँदा स्थानीयवासीमा हवाईजहाज चढ्ने आशा पलाएको छ ।

१ वर्षभित्रै सम्पन्न हुने गरी साँफेबगर विमानस्थलको निर्माण गर्ने जिम्मा अमर कन्ट्रक्सनले लिएको छ । गत चैत ९ गते सम्पन्न हुनुपर्ने विमानस्थलको काम मौसम, स्थानीय, प्रदेश संघको निर्वाचनका कारण केही ढिलाइ भएको हो ।

विमानस्थलको काम सम्पन्न गर्न ३ महिनाको म्याद थपिएको छ । अमर कन्ट्रक्सनले १ महिनाभित्रै विमानस्थलको सम्पूर्ण काम पूरा हुने बताएको छ । माओवादी आक्रमणका बेला २०५८ फागुनमा टावर ध्वस्त हुँदा बन्द भएको साँफेबगर विमानस्थल केही समय सञ्चालन भए पनि २०६२ देखि पूर्ण रूपमा बन्द रहेको छ ।

विमानस्थल सञ्चालनका लागि सरकारले ११ करोड १७ लाख बजेट विनियोजन गरेसँगै विमानस्थलको काम सुचारु भएको हो । निर्माण गर्ने जिम्मा पाएको अमर कन्ट्रक्सनका देवीलाल न्यौपाने ‘एक महिनाभित्रै विमानस्थलको सम्पूर्ण काम पूरा हुने बताए ।

सुदूरपश्चिममा धनगढीको गेटा विमानस्थलपछि विमान अवतरण गराउन सबैभन्दा सजिलो एयरपोर्टका रूपमा यसलाई लिईन्छ । साँफेबगर विमानस्थल बन्द हुँदा आकस्मिक कामका लागि जिल्ला बाहिर जाने र सिकिस्त बिरामीलाई समस्या भएको छ । विमानस्थल सञ्चालनमा नहुँदा हालसम्म थुप्रै गर्भवती महिला तथा अन्य बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाएको, साँफेबगर नगरपालिका–४ का वडा अध्यक्ष बालगिरी कुँवर बताए ।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि मेरुदण्डका रूपमा विमानस्थललाई लिइएकाले छिटो सञ्चालन हुने गरी काम भइरहेको बताए । “यो विमानस्थल सञ्चालनमा आएपछि आछामको समृद्धि र रोजगारीका अवसरको सम्भावना खुल्नेछ,” उनले भने ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]