Dabali News

माइक्रोबस निलम्बनले यात्रुहरु मर्कामा

२९ बैशाख

काठमाडौँ । गङ्गबुँ-सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ वटा माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यहि वैशाख २१ गते आह्वान गरेको बन्दमा बस सञ्चालन नगरेको भन्दै विभागले गङ्गबुँ भएर रत्नपार्क चल्ने माइक्रोबसलाई निलम्बन गरेको थियो ।

सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागाई २६ बस निलम्बन गरिएपछि यात्रुलाई समस्या परेको बताए । निलम्बन गरिएको आधिकारिक पत्र आफूलाई प्राप्त नभएको बताउँदै उनी ती सवारी सञ्चालन गर्दा केही सवारीलाई ट्राफिक प्रहरीले समाएको र केही सवारी आफ्नो ग्यारेजमा थन्काउन परेको बताए ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तुलसीराम अर्यालले निलम्बन फुकुवाका लागि सामाखुशी यातायात विभागमा निवेदन दिएको बताए । उक्त कारवाहीबारे कुनै निर्णय नभइसकेकाले निलम्बन फुुकुवाका लागि विभागमा छलफल भइरहेको पनि बताए ।

यात्रुको चाहना र आवश्यकतालाई हेरेर दिगो सार्वजनिक यातायात प्रालिमार्फत जेठ महिनाभित्र थप १७ वटा ठूला बससमेत सञ्चालन गर्न लागेको सामाखुसी यातायातले जनाएको छ ।

प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गँगबुँ, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म १७ नयाँ बस सञ्चालन गर्न लागेको बताइएको छ ।

सामाखुशी यातायात व्यवसायी संघका अध्यक्ष सानुकाजी प्रजापति ७ करोडको लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]