Dabali News

इनर्जी मिटर अभाव, प्राधिकरणकै कर्मचारीहरू कमाउ धन्दामा

२८ बैशाख

काठमाडौँ । ग्राहकका घरमा जडान गर्ने इनर्जी मिटरको अभाव भएको छ ।

मिटर अभाव हुँदा अहिले ग्राहकई आवश्यक परेको समयमा वितरण गर्न नसकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

भारतबाट ल्याउन लागेको मिटर आइनपुगेका कारण यसको अभाव हुन गएको प्राधिकरणको भनाइ छ । मूलतः प्राधिकरणले समयमै मिटर आयात नगरेका कारण पनि यसको अभाव हुन गएको हो ।

प्राधिकरणले आफ्नो साखाहरूमा रहेको मौज्दातबाट ग्राहकलाई मिटर उपलब्ध गराएको छ । तर, सबै साखाहरूमा यस्तो मौज्दात छैन । तर, प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख हरराज न्यौपाने भने सबै साखामा मिटर अभाव नभएको दावी गरे ।

आगामी साता १० दिनमै भारतबाट मिटर आइपुग्ने उनले बताए । ‘भारतबाट मिटर बोकेको गाडी हिंडिसकेको छ, यो अभाव अब ८ देखि १० दिनका लागि मात्रै हो,’ उनले भने ।

प्राधिकरणले भारतीय कम्पनी एवनबाट मिटर खरिद गर्न लागेको छ । सुरुमा ३० हजार थान मिटर काठमाडौं आउने छ । प्राधिकरण स्रोतका अनुसार इनर्जी मिटर अभाव भएपछि प्राधिकरणकै कर्मचारीहरू अहिले कमाउ धन्दामा लागेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]