Dabali News

Ad

प्रत्युषाले गर्भपतन गरेको ब्वाईफ्रेन्ड राहुलको स्वोरोक्ति

८ बैशाख

एजेन्सी ।

मुम्बइको जेजे अस्पतालले २४ वर्षीया प्रत्यूषा बनर्जी (आनन्दी)ले गर्भपतन गराएको पुष्टि गरेसँगै केही हप्ता पहिले एक हिन्दी टेलिसिरियलकी चर्चित पात्र २४ वर्षीया प्रत्युषा बनर्जीले गर्भतपनपछि केही समयको अन्तरालमा आत्म हत्या गरेको रहस्य खुलेको छ ।

उनका ब्वाईफ्रेन्ड (केटा साथी) राहुल राज सिंहल ले आफू प्रत्युषासँग प्रेमममा रहेको बताउँदै गत जनवरीको दोस्रो साता प्रत्युषामा गर्भधान भएको र सो पछि उनी एक्लै अस्पतालमा पुगेर गर्भपतन गराएको प्रहरीसँगको बयानमा बताएका छन् ।

भारतीय समाचार एजेन्सीहरुका अनुसार राहुलले आफू कार्यालयमा काममा व्यस्त रहेको बेला प्रत्युषा एक्लै गर्भपतनका लागि चिकित्सकको सल्लाहमा अस्पताल पुगेको बयान दिएका छन् ।

प्रत्युषाका बुवा शंकर बेनर्जीले छोरीमाथि अत्याचार भएकाले भारतीय प्रहरीले अत्याचारको बारे स्पष्ट अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

प्रत्युषाले आफ्नै कोठामा सलको पासो लगाई आत्महत्या गरेकी थिइन् । यस घटनाले रंगकर्मीको दुनियाँमा निकै चर्चाको विषय बनेको थियो । घटनालाई हत्याको आशंका गर्दै रंगकर्मीहरुले प्रत्युषाको ज्यान गएको बारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।

बाबु शंकरले ‘हामी प्रत्युषाको अन्तिम संस्कार गरिराखेका छौं । हामीले राहुलका विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छौं । पुलिसले छोरीमाथि भएको अत्यचारबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्छ’ भने ।
प्रत्युषाका पिताले राहुललाई फाँसी दिनुपर्ने माग गर्दै भने, ‘छोरीको हत्याले हामीलाई उजाड बनाएको छ । छोरीको हत्यामा संलग्नलाई फाँसी दिदा फरक पर्दैन ।’

पिता शंकरले हत्यारामाथि सजाय नभएसम्म छोरीको मृत आत्माले शान्ति नपाउने समेत बताएका छन् ।
नो सुसाइड नोट प्रहरीले प्रत्यूषाको मुम्बईस्थित घटनास्थल घरबाट कुनै किसिमको सुसाइड नोट समेत फेला नपरेको बताएको छ ।

प्रत्युषा झारखन्डको जमसेदपुरको बासिन्दा हुन् । उनको जन्म सन् १९९१ मा भएको हो । उनको भेट राहुलसँग जमसेदपुरमै भएको एक पार्टीका क्रममा भएको थियो ।

प्रत्युषाको ज्यान गएपछि उनका केही साथी कलाकारहरु उनले आत्महत्या गर्नै नसक्ने बताइरहेका छन् । कलाकार सारा खान भनिन्, ‘उनी एक मजबूत लक्ष्य भएकी युवती थिइन् । उनले आत्महत्या गर्नै सक्दिनन् ।’

‘बिग बोस’का प्रतियोगी रहेका एजाज खानले प्रत्युषाको मृत्यु आत्महत्याबाट नभउको दाबी गरेका छन् । उनको भनाइमा प्रत्युषा आत्महत्या गर्ने केटी नै हैनन् ।

सानै उमेरमा प्रत्युषाले ’बालिका वधु’ बाहेक ’बिग बोस ७’, ’इतना करो न मुझे प्यारु’, झलक दिखला जा ५’, ’ससुराल सिमर का’ लगायतमा कलाकारको भूमिका निर्वाह गरेकी थिइन ।

प्रत्युषाले रियलिटी शो ’बिग बोस–७’ मा पनि भाग लिएकी थिइन् । हाल एक हिन्दी टिभी च्यानलबाट प्रसारित ‘ससुराल सिमरका’ सिरियलमा महत्वपूर्ण भूमिकामा खेलिरहेकी थिइन् ।

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]