Dabali News

ऐश्वर्या सामाजिक सञ्जालमा डेब्यू गर्दै

२८ बैशाख

काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय सामाजिक सञ्जालमा डेब्यू गर्ने भएकी छिन् ।

संसारभरका सेलिब्रिटीहरुले आफ्ना फ्यानसँग जोडिनका लागि सामाजिक सञ्जालको प्रयोग गरिरहेका बेला उनी भने यसबाट टाढा रहेकी छिन् ।

उनका फ्यानहरुले सामाजिक सञ्जाल ज्वाइन गर्नका लागि अत्यधिक जोड गर्ने गरेका छन् तर उनले यसलाई अनावश्यक बताउँदै आएकी थिइन् । सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग भइरहेकाले आफू यसबाट टाढै बस्ने उनको भनाई थियो ।

तर, अब ऐश्वर्याले आफ्नो अडान परिवर्तन गरेकी छिन् । उनले चाँडै नै इन्स्टाग्रामबाट सामाजिक सञ्जालमा डेब्यू गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शनिबार फ्रिन्समा आयोजना हुने कान्स फिल्म फेस्टिभलमा भाग लिन जान लागेकी उनी त्यसअघि नै इन्टाग्राम अकाउन्ट खोल्ने विचारमा छिन् । उनले कान्समा सहभागी हुँदाका आफ्ना तस्वीरहरु इन्टामा पोस्ट गर्न सक्छिन् ।

सामाजिक सञ्जाललाई अनावश्यक ठान्ने नायिका आज किन यसमा आउन तयार भिइन् त ? यसका लागि करण जौहर, मनिष मल्होत्रा जस्ता साथीहरुले उनलाई कन्भिन्स गरेको बताइन्छ ।  केही दिनअगाडि एउटा अन्तरवार्तामा उनले आफू सामाजिक सञ्जालमा आउने समय भएको प्रतिक्रिया उनले दिएकी थिइन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]