Dabali News

विश्वप्रख्यात वैज्ञानिकद्वारा स्वेच्छिक मृत्युवरण

२८ बैशाख

काठमाडौँ । विश्वप्रख्यात वैज्ञानिक डा.डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्वीटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन् ।

लण्डनमा जन्मिएर अष्ट्रेलियामा रही बोटनी र पर्यावरण क्षेत्रको वैज्ञानिक बनेर ख्याती कमाएका गुडअलले हाँसीहाँसी मृत्युवरण गरेको जनाइएको छ ।

इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न सहयोग गरेको थियो । एक्जिट इन्टरनेशनलका संस्थापक फिलिप नित्जेले गुडअलको मृत्यु भएको औपचारिक जानकारी दिएका हुन् ।

उनले स्विटजरल्याण्डको बेसलस्थित लाइफ साइकल क्लिनिकमा शान्तिपूर्वक मृत्युवरण गरेको नित्जेले उल्लेख गरेका छन् । गुडअलले अन्तिम भोजनको रुपमा माछा र चिप्ससँगै चीजले बनेको केक खाएको तथा विथोवनको ‘ओड टु जोई’ संगीत सुनेका थिए ।

आफ्नो जिन्दगी अन्त्यका लागि मे ३ मा अष्ट्रेलियास्थित घर छाडेर स्वीटजरल्याण्ड गएका उनी मृत्युवरण गर्दैगर्दा आफ्नो मृत्युको चर्चाले वृद्धवृद्धाको इच्छा मृत्युको अधिकारको मागलाई बल मिल्ने उल्लेख गरेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]