Dabali News

मोदी भ्रमणबारे नेकपाका नेता रणवीरका ८ बुँदाः ओलीको नक्कली राष्ट्रवादको पर्दा च्यातियो

२८ बैशाख

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा देखिएको दृश्यले राष्ट्रवादी नेपालीको मन तितो भएको छ ।नेपालीको मन मस्तिस्कमा विद्रोहको ज्वाला बलेको छ ।

खासगरी भारतीय सेनाले हतियारसहित जनकपुर, मुस्ताङ र काठमाडौँमा मार्चपास गरेको आम नेपालीलाई मन परेको छैन । त्योसँगै नाकाबन्दी गरेर हैरानी गर्नेलाई नागरिकको नामबाट सरकारले गर्न लागेको अभिनन्दनको पनि चारैतिर विरोध भएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ ले मोदीको भ्रमाणसँगै भारतीय सेनाको उपस्थिति र नागरिक अभिनन्दन खेदनजक र भत्सर्नायोग्य भएको बताएका छन् । उनले भ्रमणले नेपाल नवउपनिवेश र शासक दलाल भएको प्रमाणित भएको बताए ।

मोदी भ्रमणबारे बुँदागत रुपमा धारणा राख्दै रणवीरले भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कली राष्ट्रवादको पर्दा च्यातिएको दाबी गरेका छन् ।

भ्रमणबारे रणवीर विदेशी हस्तक्षेप र हस्तक्षेपकारी मोदी भ्रमण अनि शासक वर्गको राष्ट्रिय आत्मसमर्पणवाद र दलालीकरणको बिरोध गर्न र जनप्रतिरोधको तयारी गर्नुपर्ने बताए । उनले जनप्रतिरोध युद्धले राष्ट्रिय युद्धको रुप लिने र यसको निसाना देश भित्रकै दलाल बन्ने बताएका छन् ।

यस्ता ८ बुँदा

१. मोदी भ्रमणसँगै भारतीय सेनाको उपस्थिति र कथित नागरिक अभिनन्दन खेदजनक र भत्सर्नायोग्य छ ।

२. यो भ्रमणले हाम्रो देश नवउपनिवेश र शासक दलाल भएको एथेष्ट र स्पष्ट प्रमाण दिएको छ ।

३. यो भ्रमणले केपीको नक्कली राष्ट्रवादको पर्दा च्यात्तिएको छ र उनको सक्कली–भारतभक्ती अनुहार स्पष्ट भएको छ ।

४. मोदीको हिन्दुत्वले नेपालको उद्दार हुनेछ भने कथित राष्ट्रवादीको राष्ट्रवादको रक्षा पशुपतिनाथले गर्न नसक्ने तथ्य पनि स्पष्ट भएको छ ।

५. मोदीको उदयसँगै ठूलो दाईको ब्यवहारमा परिवर्तन आउनेछ भाई हुर्किसकेकोले सम्मानित हुनेछ भन्ने कथित बौद्धिक तर्कले पनि दासत्व बोकेको स्पष्ट भएको छ ।

६.नेपालमा कम्युनिस्ट र राष्ट्रवादी मतलाई एक बनाउने चिनियाँ रणनीति कमजोर सावित भएको छ र कथित वाम एकता धरापमा परेको छ । अब त्यो एकतामा भारतीय इच्छा र हिस्सेदारी अनिवार्य बनेको छ ।

७. देश समृद्धिको लागि राष्ट्रको स्वतन्त्रता आवश्यक छ । स्वतन्त्रताको लागि अधुरो क्रान्ति पूरा गर्नुपर्छ र त्यो क्रान्ति सफल पार्न राष्ट्रवादी र क्रान्तिकारी एक हुन आवश्यक छ भन्ने नेकपाको निचोड सही सावित भएको छ ।

८. त्यसैले, यदी हामी नेपाली देशको स्वतन्त्रता र समृद्धि चाहन्छौ भने, यदी हामी लाचार र कायर छैनौं भने विदेशी हस्तक्षेप र हस्तक्षेपकारी मोदी भ्रमण अनि शासक वर्गको राष्ट्रिय आत्मसमर्पणवाद र दलालीकरणको बिरोध गरौं, हाम्रो राष्ट्रिय स्वाभिमान झुक्न नदिउ, जनप्रतिरोधको तयारी गरौं । यो जनप्रतिरोधले राष्ट्रिय युद्धको रुप लिने र यसको निसाना देश भित्रकै दलाल बन्नेमा पनि स्पष्ट हौं ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]