Dabali News

कैलालीका नीजि विद्यालयमा अखिल क्रान्तिकारीद्वारा तालाबन्दी

२७ बैशाख

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शैक्षिक संघर्ष कार्यक्रम अन्तर्गत बिहीबार यहाँका निजी विद्यालयहरुमा तालाबन्दी गरेको छ । तालाबन्दी माग पूरा नभएसम्म जारी रहने अखिल क्रान्तिकारी कैलालीले जनाएको छ ।

जिल्लाका १ सयभन्दा बढी निजी विद्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी क्रान्तिकारीका कैलालीका उपाध्यक्ष बबरजंग सिंहले जानकारी दिएका छन् । समाचार अनुसार धनगढीस्थित एक्सिस विद्या आश्रम, मोडर्न एरा, स्टेपिङ स्टोन, ग्यालेक्सीलगायत १५ विद्यालयमा तालाबन्दी गरिएको छ भने अतरियाका १०, गौरीगंगा नागरपालिका ५, बर्दगोरियामा जगत तारा इङ्लिस बोर्डिङ स्कूल, सनराइज इङ्लिस बोर्डिङ स्कूल ,नोबेल एकेडेमी, बालबाटिका इङ्लिस बोर्डिङ स्कूल, राधेश्याम इङ्लिस बोर्डिङ स्कूल, माइकी इङ्लिस बोर्डिङ स्कूललगायतका ५६ वटा निजि तथा गुठियार विद्यालयमा मा तालाबन्दी भएको छ ।

वृद्धि गरिएको शुल्क खारेज गर्नुपर्ने, मापदण्ड विपरीतका विद्यालय बन्द गरिनुपर्ने, पाठ्यपुस्तकमा हुने कमिसन बन्द हुनुपर्ने, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गरिनुपर्नेलगायतका माग माग पूरा नभएसम्म तालाबन्दी जारी रहने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् सेती व्युरो इन्चार्ज बिरेन्द्र बिकले बताए । उनले नीजि विद्यालय दिने भनिएको १० प्रतिशत छात्रवृत्ति र यातायात छुट पूर्ण रुपमा कार्यान्वयन गरिनु पर्ने, योग्यताअनुसार शिक्षकको पारिश्रमिकको व्यवस्था गरिनु पर्ने समेत माग गरे ।

त्यसैगरी कैलाली अध्यक्ष कैलाली अध्यक्ष झलक बिकले तालाबन्दी पहिलो चरणको कार्यक्रम भएको बताउँदै सम्बन्ध पक्षले अाफ्ना मागहरुको सुनुवाइ नगरे थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बाध्य हुने चेतावनी समेत दिए ।

यस्तो छ मागपत्र 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]