Dabali News

मुसिकोटमा मापदण्डविपरीत बालगृह सञ्चालन

२७ बैशाख

रुकुम । मुसीकोट नगरपालिकामा मापदण्ड विपरीत बालगृह सञ्चाल भएको छ ।

बागबजारमा ‘नरसिङ हिमालय अनाथ’ नामको बालगृह न्यूनतम मापदण्ड पुरा नगरी सञ्चालनमा आएको हो । मापदण्ड पुरा गरेर बालगृह सञ्चालन गर्न मुसिकोट नगरपालिकाले पटक-पटक निर्देशन दिंदा पनि अटेर गरेको छ ।

बालगृह सञ्चालन दर्ता नै नगरेको, आधारभुत भौतिक पूर्वाधार नभएको, बालबालिकालाई खुवाइने खाना गुणस्तरीय नभएको, सरसफाई बसाईको राम्रो व्यवस्था नभएको बताइएको छ ।

बालगृह कसरी सञ्चालन भएको छ र यसको आयस्रोत के हो ? भन्नेसमेत नखुलेको मुसिकोट नगरपालिकाकी उप-प्रमुख प्रेमकुमारी सुनार केसीले बताएकी छिन् । संञ्चालक बिवेक बुढाले आफुहरुले दिएको निर्देशनलाई पनि अटेर गरेकाले कानुनी कार्बाही गरिने अधिकृत ओलीले बताए ।

बालगृहमा अहिले ३३ जना बालबालिका छन् । आमाबाबु नभएका टुहुरा बालबालिकालाई राख्नुपर्ने कानूनी व्यवस्था भए पनि २९ जना बालबालिकाको आमाबाबु रहेका छन् ।

यो भन्दा पहिले रुकुम पूर्वको तकसेरामा मापदण्ड पुरा नगरी सञ्चालन गरेको बालगृहबाट बालबालिका जिल्ला बाहिर लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]