Dabali News

१४ करोडको लगानीमा ह्याचरी सञ्चालन

२७ बैशाख

काठमाडौँ । ब्रोइलर कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले १४ करोडको लगानीमा ह्याचरी सञ्चालन भएको छ ।

मेची अञ्चलमा पहिलो पटक ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको हो । ४ जनाको संयुक्त लगानीमा ह्याचरी सञ्चालन भएको छ ।

झापासहित इलाम, तेह्रथुम, ताप्लेजुङ, मोरङ, सुनसरीलगायत जिल्लाका किसानलाई लक्ष्यगरी ह्याचरी सञ्चालनमा ल्याइएको छ ।

बिर्तामोड-२ स्थित वीर अमरसिंह माविको ४ बिगाह २ कट्ठा जग्गा भाडामा लिएर फार्म सञ्चालन गरिएको छ । कनकाई-८ मा ह्याचरीको आफ्नै स्वामित्वमा रहेको १ बिगाह ११ कट्ठा जग्गामा चल्ला उत्पादन गर्ने मेसिनसहितको भौतिक संरचना तयार गरिएको बताइएको छ ।

विद्यालयको जग्गा ८० हजार वार्षिक भाडा बुझाउने गरी २१ वर्षका लागि लिजमा लिएको र ३-३ वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको छ । हप्तामा ११ हजार कुखुराका चल्ला उत्पादन हुँदै आएका छन् ।
ह्याचरी पूर्णरुपमा सञ्चालमा आएपछि हप्तामा ६० हजार चल्ला उत्पादन गर्न सकिने छ । क्षमता विस्तारका लागि थप ३ बिगाह १७ कट्ठा जग्गा खरिद गरिएको छ । हाल अण्डा पार्ने ‘प्यारेन्स’ कुखुराको एक दिने चल्ला मलेसियाबाट आयात हुने गरेको छ ।

‘कब ५००’ जातको उक्त कुखुराको चल्ला ह्याचरीसम्म ल्याउन करीब साढे छ डलर खर्च हुने सञ्चालक सिवाकोटीले बताए ।

हाल ह्याचरीमा ४ हजार अण्डा पार्ने प्यारेन्स कुखुरा रहेका छन् । कुखुराले नियमित रुपमा ७५ हप्तासम्म अण्डा पार्छ । ह्याचरीबाट प्रति चल्ला ५० मा बिक्री गरिँदै आएको छ । कुखुराका लागि चाहिने दाना सञ्चालक आफैँले उत्पादन गर्दै आएका छन् । दानाका लागि मकै प्रयोग गरिँदै आएको छ । ह्याचरी सञ्चालमा आएसँगै ५० जनाले रोजगारी पाएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]