Dabali News

इबोला भइरसका कारण १७ को मृत्यु

२६ बैशाख

काठमाडौं । कंगोमा फेरि इबोला भाइरस देखिएको छ । इबोलाबाट पटकपटक प्रभावित हुँदै अाएको अफ्रिकन मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा फेरि १७ जनाको मृत्यु भएको छ ।

धेरै मानिसहरु संक्रमित भएको हुन सक्ने बताइएको छ । दुई जनाको भने उपचार भइरहेको छ । कंगोको बिकोरो शहरमा मात्रै चार जनाको मृत्यु भएको हो ।

सन् २०१४ मा इबोला भाइरसका कारण गिनिया, सियरालियोन र लाइबेरियामा मात्र ११ हजार मानिसको मृत्यु भएको थियो ।

आशंकित पाँच जनाको रगत परीक्षणबाट दुई जनामा उक्त रोग फेला परेपछि इबोला भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बिकोरो शहरमा तत्काल रोकथाममा लागि सरकारसँग मिलेर काम गर्नु पहिलो प्राथमिकता भएको डब्लूएचओले जनाएको छ । यहाँ योसमेत नौ पटक इबोला फेला परेको जनाइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]