Dabali News

मोदीको स्वागतको लागि बनाइएको मुख्य गेट भत्कियो, नगरबासी भन्छन्-अशुभ संकेत

२६ बैशाख

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि बनाइएको स्वागत गेट भत्किएको छ । बुधबार बिहान आएको हावाहुरीले स्वागतको लागि बनाइएको मुख्य गेट र पण्डाल उडाएको छ । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ ।

धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णका अनुसार हावाहुरीले सडकको पण्डाल खसेको छ । हावा हुरीले पण्डाल निर्माणमा खटिएका मजदुर घाइते समेत भएका छन् ।

मोदीको स्वागतको लागि भन्दै प्रदेश सरकारले गरेको लगानी र मिहेनत खेर गएको छ । पानीले रंगरोगन बगाएको छ ।

मोदी आउन केही घण्टामात्रै बाँकी रहँदा स्वागत गेट भत्किनु र अभिनन्दन गरिने ठाउँमा पानी जम्नुलाई अशुभ संकेतको रुपमा लिएका छन् ।

मोदीलाई अभिनन्दन गरिने बाह्र बिगा जलमग्‍न

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]